एक वर्षमा २ लाख ३१ हजार बढी तिर्थयात्री पाथीभरामा आए



ताप्लेजुङ। प्रसिद्ध तिर्थस्थल पाथीभरामा गत आर्थक वर्षमा २ लाख ३१ हजारबढी दर्शनार्थी मन्दिर पुगेका छन् । गत आर्थिक वर्ष २०८०÷०८१ मा २ लाख ३१ हजार ३ सय ३४ जना तिर्थयात्री पाथीभरा मन्दिर पुगेका हुन् ।

३ हजार ७ सय ९४ मिटरको उचाईमा रहेको मन्दिरमा एक वर्षको अवधिमा स्वदेश तथा विदेशका बिभिन्न स्थानका लाखौँ तिर्थयात्रीहरु पाथीभरा मन्दिर आएको पाथीभरा क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ ३ सय ६५ दिननै दर्शनार्थीहरु मन्दिर दर्शन, अवलोकनका लागि आउने गरेका छन् । यस क्षेत्रबाट मन्दिर दर्शन मात्र नभई बिश्वको तेश्रो अग्लो हिमाल कञ्चनजंघा, फक्ताङलुङ लगायतको विभिन्न हिमश्रृङखलाको समेत अवलोकन गर्न पाईने भएकाले थप भक्तजनको घुँईचो लाग्ने गरेको छ ।

मन्दिर दर्शनका लागि कात्तिक–मंसिर, चैत्र–वैशाख लगायतको महिनामा अत्याधिक मात्रामा दर्शनार्थी आउने गरेको समितिको तथ्याङ्ककमा उल्लेख छ । गत आर्थिक वर्षको चैत्रमा सबैभन्दा बढी ५२ हजार ४ सय ५५ जना भक्तजन मन्दिर पुगेका छन् । समितिका अनुसार एकैदिन ८ हजार बढी तिर्थयात्रीले मन्दिर दर्शन गरेको तथ्याङ्क पनि रहेको छ । सबैभन्दा कम साउनमा १ हजार १ सय २१ जना आएको बताइएको छ । साउनमा बिशेष गरि वर्षायामका कारण बाढी पहिरोको जोखिम हँदा कम मानिसमात्रै हिड्डुल गर्ने भएकाले तिर्थयात्रीको संख्या पनि कम मात्रा पाइएको समितिले जनाएको छ ।

गत आर्थिक वर्षका भदौमा ५ हजार जना, असोजमा १० हजार ३ सय ४३, कात्तिकमा ४९ हजार १ सय ६३, मंसिरमा २० हजार ४ सय १७ र पुषमा ५ हजार ५५ जनाले दर्शन गरेका छन् । त्यस्तै माघमा ६ हजार ४ सय १, फागुनमा १७ हजार ९ सय १२, वैशाखमा ५१ हजार ८ सय ४, जेठमा ८ हजार ३ सय ७ र असारमा २ हजार ७ सय ५६ जना तिर्थयात्री पाथाीभरा पुगेको समितिको भनाई छ ।

मन्दिर दर्शनका लागि आउने भक्तजनहरुको संख्या गणनाका लागि समितिले माथिल्लो फेदीमा कर्मचारीको व्यवस्थापन गरेको छ । मन्दिर आउने भक्तजनको संख्या दैनिक रुपमा समितिले राख्दै आएको छ ।

असारमा २० लाख बढी भेटी गणना
यस्तै असार महिनामा पाथीभराको करिब साढे २० लाख रुपैयाँ भेटी गणना गरिएको छ । कार्यकारी निर्देशक हाङबाङका अनुसार असारमा २० लाख ४४ हजार ९ सय रुपैयाँ भेटी गणना गरि बैँकमा जम्मा गरिएको छ । गत मंसिरदेखि समितिले प्रत्येक महिनाको भेटी सार्वजनिक गर्दै आईरहेको छ । एक आर्थिक वर्षको आयव्याय भने केहीदिन पछि सार्वजनिक गर्ने तयारी समितिको रहेको छ ।

प्रकाशित मिति : 4:49 am

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय

ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम 

सौगात विष्टताप्लेजुङ, असार २ गते । महिलाको आर्थिक सशक्तीकरण र

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण