ताप्लेजुङ गोल्डकपको आफ्नै गीत तथा भिडियो तयार



ताप्लेजुङ । ताप्लेजुङ गोल्डकपको आफ्नै गीत तथा भिडियो तयार भएको छ । ताप्लेजुङका ५ सहित ८ जना गायक गायिकाको स्वरमा रहेको ताप्लेजुङ गोल्डकपको गीत तयार भएको हो ।

पुर्वकै प्रतिष्ठित गोल्डकपको रुपमा परिचित खेललाई गीत संगितको माद्यमबाट थप प्रचार प्रसार गर्ने उद्देश्यका साथ गीत तयार पारिएको निर्माणकर्ता तथा गायक महेस सिवाले बताउनुभयो । उहाँका अनुसार सम्पुर्ण तयारी पुरा भएको र अब केहि दिनभित्र नै लाखेजात्रा सञ्चालन समितिको समन्वयमा गीत तथा भिडियोलाई बिमोचन गरिने छ । गोल्डकपको आफ्नै गीत समेत तयार भएकाले यसले थप खेलको उचाईलाई बढाउने आयोजकले बिश्वास लिएका छन् ।

गीतमा ताप्लेजुङमै जन्मिएका प्रसिद्ध गायकहरु दिपक लिम्बू, पदम राई, भिम लिम्बू, साहिल लिम्बू र सिवा स्वयमको पनि स्वर रहेको छ । यस्तै गीतमा अन्य चर्चित गायक प्रताप दास, गायिकाहरु रोजिना बस्नेत र ससिका राईले समेत साथ दिएका छन् ।

डिपि खनालको शब्द रहेको गीतमा देवेस राईको संगित संयोजन रहेको छ । गीतको स्लोगान लाखेजात्रा संचालन समितिका अध्यक्ष देवराज गुरुङको रहेको बताइएको छ । सेवा रेकर्डडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो दामी क्रिएसनले सम्पादन गरेको छ । यस गीतको भिडियो एसएम ईन्टरटेनमेन्ट नाईन्टिन नाईटि सिक्स नामक युट्युब च्यानलबाट सार्वजनिक गर्ने तयारी रहेको छ ।

गायक सिवाले यसअघि ‘बदनाम भएर’, ‘माया लाउँ कि नलाउँ जस्ता गीत सार्वजनिक गरिसक्नु भएको छ । त्यस्तै उहाँले तत्कालै ‘मायामा जित’ पनि सार्वजनिक गर्ने तयारी गरिरहनु भएको बताईएको छ ।

प्रकाशित मिति : 11:20 am

अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप आजबाट सुरु हुँदै

ताप्लेजुङ, मंसिर २३ गते । अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप

मिक्वाखोला:थलङ स्पोर्टिङ क्लब र रेड डेभिल्स ईलाम फाईनलमा भिड्ने

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ थलङमा जारी आमन्त्रीत

फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि

ताप्लेजुङ, मङ्सिर २० गते । कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत