ताप्लेजुङ गोल्डकपको आफ्नै गीत तथा भिडियो तयार



ताप्लेजुङ । ताप्लेजुङ गोल्डकपको आफ्नै गीत तथा भिडियो तयार भएको छ । ताप्लेजुङका ५ सहित ८ जना गायक गायिकाको स्वरमा रहेको ताप्लेजुङ गोल्डकपको गीत तयार भएको हो ।

पुर्वकै प्रतिष्ठित गोल्डकपको रुपमा परिचित खेललाई गीत संगितको माद्यमबाट थप प्रचार प्रसार गर्ने उद्देश्यका साथ गीत तयार पारिएको निर्माणकर्ता तथा गायक महेस सिवाले बताउनुभयो । उहाँका अनुसार सम्पुर्ण तयारी पुरा भएको र अब केहि दिनभित्र नै लाखेजात्रा सञ्चालन समितिको समन्वयमा गीत तथा भिडियोलाई बिमोचन गरिने छ । गोल्डकपको आफ्नै गीत समेत तयार भएकाले यसले थप खेलको उचाईलाई बढाउने आयोजकले बिश्वास लिएका छन् ।

गीतमा ताप्लेजुङमै जन्मिएका प्रसिद्ध गायकहरु दिपक लिम्बू, पदम राई, भिम लिम्बू, साहिल लिम्बू र सिवा स्वयमको पनि स्वर रहेको छ । यस्तै गीतमा अन्य चर्चित गायक प्रताप दास, गायिकाहरु रोजिना बस्नेत र ससिका राईले समेत साथ दिएका छन् ।

डिपि खनालको शब्द रहेको गीतमा देवेस राईको संगित संयोजन रहेको छ । गीतको स्लोगान लाखेजात्रा संचालन समितिका अध्यक्ष देवराज गुरुङको रहेको बताइएको छ । सेवा रेकर्डडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो दामी क्रिएसनले सम्पादन गरेको छ । यस गीतको भिडियो एसएम ईन्टरटेनमेन्ट नाईन्टिन नाईटि सिक्स नामक युट्युब च्यानलबाट सार्वजनिक गर्ने तयारी रहेको छ ।

गायक सिवाले यसअघि ‘बदनाम भएर’, ‘माया लाउँ कि नलाउँ जस्ता गीत सार्वजनिक गरिसक्नु भएको छ । त्यस्तै उहाँले तत्कालै ‘मायामा जित’ पनि सार्वजनिक गर्ने तयारी गरिरहनु भएको बताईएको छ ।

प्रकाशित मिति : 11:20 am

फुङलिङका १४ माछा तथा मासु पसलमा अनुगमन

ताप्लेजुङ, असोज २७ गते । उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय

घरेलुले ताप्लेजुङमा ग्राफिक डिजाइन सम्बन्धी सीप विकास तालिम सञ्चालन गर्ने

ताप्लेजुङ, असोज २७ गते । घरेलु तथा साना उद्योग कार्यालय

ताप्लेजुङमा एकैदिन ७८ क्विन्टल बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज २७ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी

दिनेश खातीको नेतृत्वमा दलित मोर्चा गठन

ताप्लेजुङ, असोज २६ गते । ताप्लेजुङमा नेपाल दलित मोर्चाको जिल्ला

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा