अन्तर जातीय विवाह गर्ने जोडीलाई मेरिङदेनले सम्मान गर्दै




ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले अन्तर जातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने भएको छ । पालिकाले असार ३० गते पालिकामा एक कार्यक्रमको आयोजना गर्दै अन्तरजातिय विवाह गरेका १७ जोडीलाई नगद सहित सम्मान गर्नका लागि पत्रचार गरिएको सुचना अधिकारी जितेन लिम्बुले जानकारी दिनुभयो ।

गाउँपालिकाले जातिय छुवाछुत तथा भेदभाव अन्त्य गर्नका लागी उक्त जोडीहरुलाई सम्मान गर्न लागेको पालिका अध्यक्ष युक हाँ बिर (हाङ्गाम) डम्बरले जानकारी दिनुभयो । मेरिङदेन गाउँपालिकाले जातिय छुवाछुत तथा भेदभाव अन्त्य गर्न चालु आर्थिक वर्षमा मात्रै सचेतानामुलक होर्डिङ बोर्ड टाँस्ने, रेडियो कार्यक्रम साथै अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो । पालिकाको नाल्बुलाई वि.सं. २०७२ साल पौष १४ गते छुवाछुत मुक्त वडा घोषणा गरिएको थियो

प्रकाशित मिति : 3:08 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो