आगामी भाद्र ३ गतेदेखि ताप्लेजुङ गोल्डकपको दोश्रो संस्करण सञ्चालन हुने



ताप्लेजुङ । आगामी भाद्र ३ गतेदेखि ताप्लेजुङ गोल्डकपको दोश्रो संस्करण सञ्चालन हुने भएको छ । शुक्रबार बसेको लाखेजात्रा सञ्चालन समितिको बैठकले भाद्र ३ देखि १० गतेसम्म खेल खेलाउने गरि निर्णय गरेको हो । 

भानुजन माध्यमिक विद्यालयको प्राङगणमा सञ्चालन हुने खेलमा जिल्लाका एक टिम सहित जिल्ला बाहिरका प्रतिष्ठित क्लब तथा खेलाडीलाई सहभागी गराउने समितिले निर्णय गरेको छ । लाखेजात्राको अवसरमा निरन्तर रुपमा सञ्चालन हुँदै आएको गोल्डकप पुरस्कार राशि बढाउने विषयमा भने आज छलफल नभएको समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार छलफलका क्रममा प्रवेश नपाएका एजेन्डाहरुमाथि अब केही दिनभित्रै नै पुन बैठक बसेर थप निर्णय गर्ने गरि आजको बैठक समापन गरिएको छ । अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यका साथ आयोजना गरिदै आएको खेलकुद प्रतियोगिता विभिन्न नाममा सञ्चालन हुँदै आएको छ । यस प्रतियोगितालाई गत वर्षदेखि भने ताप्लेजुङ गोल्डकप नाम दिएर सञ्चालन गरिदै छ ।

प्रकाशित मिति : 1:38 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो