ताप्लेजुङका बोखिम मन्त्रीको सुचीमा



ताप्लेजुङ । प्रतिनिधिसभाका सांसद लिलादेवी बोखिमको नामपनि मन्त्रीको सम्भावित सूचीमा परेको छ । काङ्ग्रेस नेता शेखर कोइरालाको समूहबाट बोखिमको नाम परेको निकटस्थ श्रोतले जनाएको छ ।

काङ्ग्रेस जिल्ला कार्य समिति ताप्लेजुङको सभापति समेत भइसक्या र कोशी प्रदेशबाट कोइराला समुहका अन्य ब्यातिm नभएकाले बोखिम अटाउने सम्भावना बलियो रहेको काङ्ग्रेस नेताले जनाएका छन । काङ्ग्रेसको भागमा ११ मन्त्रालय परेको छ । 

कोशी प्रदेशका कोइराला समुहका डिकवहादुर लिम्बू पहिल्यै मन्त्री भइसकेका र दोहोर्‍याउने सम्भावना कम रहेकाले आदिवासी जनजाति र महिला दुवै समेटिने भएकाले पनि बोखिमको सम्भावना बलियो बनेको हो । अघिल्लो कार्यकाल बोखिम, बाकेका किरण कोइराला र मुस्ताङका गरी तीनजना मात्रै महिला जिल्ला कार्य समितिको सभापति भएका थिए  । 

बोखिमको कार्यकाल सबल भएको भन्ने पार्टी मूल्याङ्कन भएकाले पनि सम्भावना बलियो बनेको हो । शेखर समूहबाट गएको नाममा महासचिव गगन थापाले पनि समर्थन जनाउने भएकाले सभापति देउवाले बोखिमको नाम काट्न नसक्ने आकलन काङ्ग्रेस वृत्तमा छ । 

असार २८ गतेनै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुने र त्यसैदिन वा भोलिपल्टै सबै मन्त्रीलाई नियुक्त गर्ने तयारी भएकाले एमाले र काङ्ग्रेस नेताहरू मन्त्रालय टुङ्ग्याउन र मन्त्री छान्न व्यस्त रहेका छन । 

एमाले अध्यक्ष ओलीले काङ्ग्रेस सभापति देउवालाई यसअघिनै मन्त्री छान्न सकेनन् भन्ने सन्देश जान दिन नहुने र प्रधानमन्त्री नियुक्ति कै दिन वा भोलिपल्टै सबै मन्त्री नियुक्ति गर्ने प्रस्ताव गरेको जनाइएको छ ।Taplejung Press

प्रकाशित मिति : 12:54 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले