आजदेखि देशका धेरै ठाउँको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने



आजदेखि देशका धेरै ठाउँमा मौसम क्रमिक रूपमा सुधार हुने भएको छ । मनसुनी न्यून चापीय रेखा दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनदेखि देशैभरि ठूलो वर्षा भइरहेकोमा आजदेखि वर्षा हुने क्रममा केही कमी आउने सम्भावना रहेको छ । यद्यपि कोशी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा र थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना यथावत् छ । मधेश, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

पछिल्लो २४ घण्टामा कञ्चनपुरको दोधारा मापन केन्द्रमा सबैभन्दा धेरै ६ सय २२ मिलिमिटर वर्षाको मापन भएको छ । यस्तै कैलालीको धनगढी विमानस्थल मापन केन्द्रमा १ सय २५ मिलिमिटर वर्षाको मापन भएको छ । कञ्चनपुरको हनुमाननगर, दोधारा, सुन्दरपूर वर्षामापन केन्द्रमा धेरै पानी परेको र थप पानी पर्नसक्ने हुँदा यस क्षेत्र भई बग्ने धेरै नदीहरूमा जलसतह खतरा तहभन्दा माथि रहेकाले उच्च सतर्कता उपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै कैलालीको मालाखेतीमा मोहना नदी र डडेल्धुराको पारीगाउँ मापन केन्द्रमा महाकाली नदीले सतर्कता तह पार गरेको छ । यस्तै बिहान काठमाण्डौको कपन, पानीपोखेरीलागायतका केही ठाउँमा पनि ठूलो पानी परेको छ । विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले टेकु दोभानसम्मको नदी तटीय क्षेत्रहरूमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना नरहे पनि अबको २र३ दिन हल्कादेखि मध्यम वर्षा हुने र रोकिने क्रम दिनैभरि चलिरहने मौसमविद् गोविन्द झाले बताउनुभयो । वर्षाका कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम कायम रहेकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : 3:00 am

ताप्लेजुङमा आज बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने 

ताप्लेजुङ, पुस १९ गते । ताप्लेजुङमा आज विद्युत सेवा अवरुद्ध

प्रथम मानाभारा गोल्डकप : उपाधिका लागि आज माछापोखरी र लालीगुराँस भिड्दै

ताप्लेजुङ, पुष १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा जारी

प्रथम मानाभारा गोल्डकपः फाईनलमा माछापोखरी हिटी र लालिगुराँस भिड्ने

रेडियो काबेलीताप्लेजुङ । सिदिङवा गाउँपालिका सुरुङ्खिको लालिगुराँस युथ क्लब र

ताप्लेजुङ बहुउद्देश्यीय सहकारीको बचत आर्थिक वर्ष २०८१/८२ मा झण्डै ६२ लाख 

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक

पाथीभरा (मुक्कुमलुङ)मा निर्माणधीन केबुलकार विरुद्ध फेरी आन्दोलनको घोषणा

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ)मा निर्माण भइरहेको