राते खोलामा आएको बाढीले लेलेपको ट्रस पुल बगायो



ताप्लेजुङ । अविरल वर्षासँगै राते खोलामा आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा ट्रस पुल बगाएको छ । जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार शनिबार बेलुका उक्त पुल बगाएको हो ।

पुल बाढीले बगाएपछि कञ्चनजंघा आधार शिविर घुन्सा आवतजावतमा समस्या भएको छ । फक्ताङलुङ गाउँपालिकाले पुल निर्माण र आवतजावतका लागि समन्वय गर्ने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा बहने नदीहरूमा पानीको सतह बढे पनि अन्य स्थानमा क्षति नभएको रावलले जानकारी दिए ।

ताप्लेजुङमा अहिलेसम्म बाढी र पहिरोका कारण २६ घरमा पूर्ण क्षति पुगेको छ । ४५ घर उच्च जोखिममा रहेका र ८१ घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । तााप्लेजुङमा अहिलेसम्म बाढी-पहिरोमा पाँच जनाको ज्यान गइसकेको छ ।

अहिलेसम्म अस्थायी र पक्की गरी तीनवटा पुलमा क्षति पुगेको छ । ekantipur.com

प्रकाशित मिति : 1:51 pm

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई