आज यी स्थानमा भारी वर्षाको सम्भावना



मनसुनी वायुको प्रभावका कारण मंगलबार पनि धेरै स्थानमा वर्षाको सम्भावना छ। केही स्थानमा भारी र अति वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी र मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अति वर्षाको सम्भावना छ।

राति देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सबै प्रदेशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : 1:03 am

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई

फुङलिङका १४ माछा तथा मासु पसलमा अनुगमन

ताप्लेजुङ, असोज २७ गते । उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय

घरेलुले ताप्लेजुङमा ग्राफिक डिजाइन सम्बन्धी सीप विकास तालिम सञ्चालन गर्ने

ताप्लेजुङ, असोज २७ गते । घरेलु तथा साना उद्योग कार्यालय