फक्ताङलुङ गाउँपालिकाले अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम गर्ने



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न पालिका र करुणा फाउण्डेशन बिच सम्झौता भएको छ । उक्त कार्यक्रम सञ्चालन गर्न फक्ताङलुङ गाउँपालिका र करुणा फाउन्डेसन नेपालबिच सोमबार सम्झौता भएको हो ।

पालिका अध्यक्ष राजन लिम्बु (मुक्ति) र करुणा फाउन्डेसन नेपालकी वरिष्ठ कार्यक्रम व्यवस्थापक रुपा सिवाकोटीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम आगामी साउन महिनादेखि सुरु भएर २०८४ साल असार मसान्तसम्म सञ्चालन हुने सम्झौतामा उल्लेख रहेको जनाईएको छ ।

कार्यक्रमका लागि कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको लागत साझेदारी हुने र पछिल्लो एक वर्ष भने प्रदेश सरकार र पालिकाले सञ्चालन गर्नेछ भने करुणा फाउन्डेसन नेपालले भने प्राविधिक सहयोग गर्ने छ । कार्यक्रमका लागि आगामी आर्थिक वर्ष २०८१/०८२ मा ४६ लाख १८ हजार ९५० रुपियाँ खर्च गरिने छ ।

उक्त कुल बजेटमध्ये गाउँपालिका, सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनको समान १५ लाख ३९ हजार ६५० रुपैँया रहेको छ । अपाङ्गता रोकथाम र पुनःस्थापनामा आधारित विभिन्न क्रियाकलापमा बजेट खर्च हुने पनि गाउँपालिका अध्यक्ष लिम्बुले बताउनुभयो ।

प्रकाशित मिति : 1:00 pm

फुङ्लिङमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइने

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङ्लिङमा राष्ट्रिय विभूति महागुरु

घरको रेलिङबाट लडेर एक जना घाइते

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा घरको

ताप्लेजुङदेखि काठमाडौंका लागि हिँडेको बस नावा खोलामा फस्यो, सबै यात्रुको उद्धार

ताप्लेजुङ, कात्तिक १३ गते । तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको

प्रतिकूल मौसमबाट सतर्क रहन फक्ताङ्लुङको पर्यटक र नागरिकलाई आग्रह

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्रतिकूल मौसमका

पाथीभरा याङ्वरकमा सम्पन्न आमन्त्रित खुला क्लबस्तरीय पुरुष फुटबलको उपाधि दरिम्बालाई

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न