एसईईको नतिजा भोलि बिहान ९ बजे सार्वजनिक गरिने



काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोली ९बिहीबार० बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बताए ।

त्यसका लागि बिहान ७ बजे बोर्डको बैठक बस्ने अध्यक्ष शर्माले बताए ।

बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै बोर्डले बिहीबार सार्वजनिक गर्न लागेको हो ।

बोर्डले अहिले नतिजाको डेमो गरिरहेको छ । त्यसको सबै प्रक्रिया पूरा गर्न अझ ४र५ घण्टा लाग्नेछ । त्यसपछि नतिजा सार्वजनिक गर्न सम्भव नहुने भन्दै बोर्डले बिहीबार बिहान नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

गत चैतमा सञ्चालन भएको शैक्षिक सत्र २०८० को एसईई परीक्षामा देशभरबाट ४ लाख ९१ हजार ४९७ परीक्षार्थी सहभागी भएका थिए ।

बोर्डले यो वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्न लागेको हो । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने छ । त्योभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिने छ । उक्त एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउँदैनन् । पुनः ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार ११:५५

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ