मेरिङदेन गाउँपालिकाको बजेट ४० करोड




ताप्लेजुङ । मेरिङदेन गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट ४० करोड बढीको बजेट गाउँसभामा पेश गरेको छ । सोमबार उपाध्यक्ष दुर्गा प्रसाद श्रेङ चङबाङले ४० करोड २० लाख ३० हजार रुपैँयाको बजेट गाउँसभामा पेश गर्नु भएको हो । जसमा वितिय समानिकरण अनुदान संघीय सरकारतर्फ १० करोड १ लाख, सशर्त अनुदान संघीय सरकार चालुतर्फ १७ करोड ९० लाख,संघीय शसर्त पुँजीगत अनुदान ७४ लाख, संघीय विशेष अनुदान ५० लाख, राजश्व बाँडफाड संघीय विभाज्यकोषमा ७ करोड ९७ लाख रुपैँयमा आय हुने अुनमान गरिएको छ ।

वित्तिय समानिकरण अुनदान प्रदेशतर्फ ६१ लाख ८६ हजार, सशर्त अनुदान प्रदेशतर्फ ५२ लाख ८३ हजार, प्रदेश सरकार समपुरक अनुदान ९६ लाख सवारी साधन कर बाँडफाड ३३ लाख ६१ हजार, गत आर्थिक वर्षको मौजदात १२ लाख, आन्तरिक स्रोत ५२ लाख रुपैँया आय हुने अनुमान गरिएको छ ।

उक्त बजेटको व्ययतर्फ सामाजिक विकासका लागि २ करोड ४४ लाख ५० हजार, आर्थिक विकासतर्फ ३५ लाख, पुर्वाधार विकासतर्फ ९ करोड २३ लाख ३६ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २० लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ ।

त्यस्तै प्रशासनिक, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ८ करोड ३० लाख ६१ हजार, संघिय शसर्त चालुतर्फ १७ करोड ९० लाख, संघीय शसर्त पुँजीगततर्फ १ करोड २४ लाख, प्रदेश सशर्त चालुतर्फ १७ लाख ८३ हजार, प्रदेश सर्शत पुँजीगततर्फ ३५ लाख, प्रदेश समपुरकतर्फ ९६ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ । उक्त बजेट गाउँसभाले आजै पारित गरिएको पालिकाका सुचना अधिकारी जितेन लिम्बुले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 3:11 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई