फुङलिङ नगरपालिकाको कुल बजेट ६६ करोड ७६ लाख बढि



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ६६ करोड ७६ लाख बढिको बजेट सभामा पेश गरेको छ । नगरपालिका उपप्रमुख भिमादेवी ओझाले नगर सभाको १६औं अधिवेशनमा ६६ करोड ७६ लाख ७३ हजार ५ सय ५१ रुपैयाँ बराबरको बजेट पेश गर्नुभएको हो । 

जसमा चालु खर्च तर्फ ४६ करोड ७ लाख ८२ हजार ५ सय ५१ रुपैयाँ र पूँजीगततर्फ २० करोड ६७ लाख ९१ हजार रुपैयाँ रहेको छ । क्षेत्रगत विनियोजन बजेट तर्फ कुल बजेटको सामाजिक विकास तर्फ ३६ करोड ३५ लाख ५५ हजार ६९०, पूर्वाधार तर्फ १० करोड ५५ लाख, आर्थिक विकास तर्फ २ करोड १३ लाख ५५ हजार ९०० सुशासन र अन्तरसम्बन्धित क्षेत्र तर्फ १७ करोड ७२ लाख ६१ हजार ९५१ रुपैयाँ विनियोजन गरिएको छ । 

उक्त खर्चहरूका लागि वित्तिय समानीकरण अनुदान संघीय सरकारबाट १४ करोड ८५ लाख, राजश्व बाँडफाँड संघीय सरकारबाट ९ करोड ७८ लाख ६९ हजार ५५१, सशर्त अनुदान संघीय सरकारबाट ३० करोड ६७ लाख ५५ हजार रुपैयाँ बेहोर्ने अनुमान गरिएको छ । 

यस्तै विषेश अनुदान संघीय सरकारबाट १ करोड ५० लाख, समपूरक अनुदान संघीय सरकारबाट १ करोड, वित्तिय समानीकरण अनुदान प्रदेश सरकारबाट ९५ लाख ९१ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड ३ लाख ६४ हजार बेहोर्ने छ ।

साथै प्रदेश समपूरक अनुदानबाट १ करोड ३० लाख, प्रदेश सशर्त अनुदानबाट १ करोड ५९ लाख ९४ हजार र आन्तरिक स्रोतबाट ३ करोड ७६ लाख रुपैयाँ बेहोर्ने अनुमान गरिएको उपप्रमुख ओझाले बताउनुभयो । 

प्रकाशित मिति : 12:38 pm

रिड नेपालले दियो ताप्लेजुङका १ सय ५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

प्रथम मानाभारा गोल्डकपलाई ५ लाख ३७ लाख बढी नाफा 

ताप्लेजुङ, पुस ३० गते । प्रथम मानाभारा गोल्डकपलाई ५ लाख

पाथीभरा मन्दिरमा २४ लाख बढी भेटी सङ्कलन 

ताप्लेजुङ, पुस ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित