फुङलिङ नगरपालिकाको कुल बजेट ६६ करोड ७६ लाख बढि



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ६६ करोड ७६ लाख बढिको बजेट सभामा पेश गरेको छ । नगरपालिका उपप्रमुख भिमादेवी ओझाले नगर सभाको १६औं अधिवेशनमा ६६ करोड ७६ लाख ७३ हजार ५ सय ५१ रुपैयाँ बराबरको बजेट पेश गर्नुभएको हो । 

जसमा चालु खर्च तर्फ ४६ करोड ७ लाख ८२ हजार ५ सय ५१ रुपैयाँ र पूँजीगततर्फ २० करोड ६७ लाख ९१ हजार रुपैयाँ रहेको छ । क्षेत्रगत विनियोजन बजेट तर्फ कुल बजेटको सामाजिक विकास तर्फ ३६ करोड ३५ लाख ५५ हजार ६९०, पूर्वाधार तर्फ १० करोड ५५ लाख, आर्थिक विकास तर्फ २ करोड १३ लाख ५५ हजार ९०० सुशासन र अन्तरसम्बन्धित क्षेत्र तर्फ १७ करोड ७२ लाख ६१ हजार ९५१ रुपैयाँ विनियोजन गरिएको छ । 

उक्त खर्चहरूका लागि वित्तिय समानीकरण अनुदान संघीय सरकारबाट १४ करोड ८५ लाख, राजश्व बाँडफाँड संघीय सरकारबाट ९ करोड ७८ लाख ६९ हजार ५५१, सशर्त अनुदान संघीय सरकारबाट ३० करोड ६७ लाख ५५ हजार रुपैयाँ बेहोर्ने अनुमान गरिएको छ । 

यस्तै विषेश अनुदान संघीय सरकारबाट १ करोड ५० लाख, समपूरक अनुदान संघीय सरकारबाट १ करोड, वित्तिय समानीकरण अनुदान प्रदेश सरकारबाट ९५ लाख ९१ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड ३ लाख ६४ हजार बेहोर्ने छ ।

साथै प्रदेश समपूरक अनुदानबाट १ करोड ३० लाख, प्रदेश सशर्त अनुदानबाट १ करोड ५९ लाख ९४ हजार र आन्तरिक स्रोतबाट ३ करोड ७६ लाख रुपैयाँ बेहोर्ने अनुमान गरिएको उपप्रमुख ओझाले बताउनुभयो । 

प्रकाशित मिति : 12:38 pm

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै