शिक्षा सम्मेलनपछि मैवाखोलामा दुई दिने क्षमता विकास तालिम सम्पन्न



ताप्लेजुङ । शिक्षा सम्मेलन सकेको केही दिनमै मैवाखोला गाउँपालिकामा दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । स्थानीय तहको साझेदारीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष तथा प्रधानाध्यापकहरूको क्षमता विकास तालिम-२०८१ सम्पन्न भएको हो । 

विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्नको लागि स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी बिच निर्वाह गर्नुपर्ने भूमिका बारे परामर्श भएको थियो । मैवाखोला सँधै शैक्षिक गुणस्तर सुधार गर्न प्रतिबद्ध रहेको र शैक्षिक गुणस्तर लाई सुधार गर्नको लागि कुनै पनि काम बाकी नराख्ने गाउँपालिका अध्यक्ष विजय वनेमले बताउँनुभयो । 

उक्त तालिममा गाउँपालिकाको २८ वटै विद्यालयको प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समितिको अध्यक्षहरू र शिक्षक अभिभावक संघका अध्यक्षहरूका उपस्थिति रहेको थियो । असार १ गते सुरु भएको तालिम असार दुई गते सम्पन्न भएको हो । तालिमको सहजीकरण अभिषेक घिमिरेले गर्नु भएको थियो ।

प्रकाशित मिति : 5:53 am

केबुलकार खारेजको माग गर्दै ताप्लेजुङ प्रदर्शन

सौगात विष्ट ताप्लेजुङ, माघ १७ गते । पाथिभरा मन्दिर (मुक्कुमलुङ)

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक