मेरिङदेन गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा पृथ्वी मावि प्रथम




ताप्लेजुङ । ताप्लेजङको मेरिङदेन गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा पृथ्वी माध्यमिक विद्यालय,खाम्लुङ प्रथम भएको छ । पालिकाको महिला विकास शाखाद्धारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा सिन्धकाली आधारभुत विद्यालय द्धितिय, सुर्के माध्यमिक विद्यालय तृतिय र नाल्बु आधारभुत विद्यालय सान्तावना स्थान हाँसिल गर्न सफल भएका छन् । प्रथम भएसँगै पृथ्वी माविले नगद १० हजार, द्धितिय भएको सिन्धकालीले ८ हजार, तृतिय भएको सुर्के माविले नगद ५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् भने सान्तवाना भएको नाल्बु आधारभुत विद्यालयले नगद तिन हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितमा पालिका भित्र रहेका १३ वटा सामुदायिक विद्यालयमा गठन भएका बाल क्लबहरुको सहभागीता रहेको थियो । गाउँपालिकाकी महिला शाखा प्रमुख भावना घर्तीका अुनसार प्रतियोगितामा सहभागी भएका सबै विद्यालयलाई सम्मान पत्रले सम्मान गरिएको छ भने सहभागी विद्यार्थीहरुलाई पनि प्रमाण पत्र प्रदान गरिएको छ ।

गाँपालिका प्रमुख युक हाँ बिर हाङ्गाम (डम्बर)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभाअध्यक्ष गाउँपालिका उपाध्यक्ष दुर्गा प्रसाद श्रेङचोङले गुर्न भएको थियो । कार्यक्रममा मेरिङदेन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिम बहादुर सुब्बा, विभिन्न विद्यालयका शिक्षक साथै विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 12:17 pm

फक्ताङलुङमा ६० देखि ७० वर्षका नागरिकलाई मासिक भत्ता

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ६० देखि

सवारी कारबाहीबाट ८ लाख ७ हजार बढी राजश्व सङ्कलन 

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङमा सवारी कारबाहीबाट ८ लाख

भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ताप्लेजुङमा उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, साउन २ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भारी

सिरिजङ्घा गाउँपालिकाद्धारा निर्माण कार्यमा प्रगति नभएपछि दुई ठेक्का सम्झौता अन्त्य

सौगात विष्टताप्लेजुङ, साउन २ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले निर्माण

विपद्का घटनाबाट १० जनाको मृत्यु

ताप्लेजुङ, साउन २ गते । ताप्लेजुङमा एक वर्षमा विपद्का घटनामा