आठराई त्रिवेणीमा सम्पन्न भयो ७ दिने उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम 



ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङमा गत जेठ २७ गते देखि सञ्चालित उद्घोषण तथा भाषणकला सम्वन्धी ७ दिने तालिम शनिवार सम्पन्न भएको छ । नेतृत्व तथा क्षमता विकासको उद्देश्य राखेर आठराई त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोगमा महिला उत्थानका लागि प्रगतिशील मञ्चले आयोजना गरेको तालिम सम्पन्न भएको हो । 

तालिमबाट उद्देश्य अनुसार लक्ष्य प्राप्त गरेको तालिमका सहभागीले प्रतिक्रिया दिएका छन् । सहभागीहरूले अब कार्यक्रमहरूमा मन फुकाएर बोल्न, गाउँघरमा हुने सानातिना कार्यक्रमको उद्घोषण गर्न र मर्यादा अनुसार अतिथिको बिदाई तथा स्वागत गर्न सक्ने प्रतिक्रिया दिए । तालिम समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू ९दीपेन० ले सातदिनसम्म आर्जन गरेको सीपलाई व्यवहारमा उर्तान सहभागीलाई आग्रह गर्नु भएको छ । 

पालिका उपाध्यक्ष शान्ताकुमारी आङबुहाङले तालिमको प्रगति देखेर आफू प्रशंसित भएको बताउनुभयो ।  पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईले तालिम सिकाइमा मात्र केन्द्रित हुन नहुने भन्दै सहभागीहरूको तालिम अघि र तालिम पछिको निडरतापूर्वक उभिने शैलीले सिकाइ अर्थपूर्ण र उद्देश्य अनुसार प्रदान गर्न विश्वास गर्न सकिने बताउनुभयो । 

 तालिमका सहजकर्ता तथा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले तालिमका सहभागीको प्रस्तुती सुन्दा र हेर्दा आफूले तालिम अवधिमा आफूले लगाएको मेहनेतले सार्थकता पाएको भन्दै प्रसन्नता व्यक्त गर्नुभयो । तालिममा आठराई त्रिवेणी गाउँपालिकाका कार्यपालिका सदस्य, वडा सदस्य र ५ वटै वडाबाट गरी कूल २८ जनाको महिलाहरूको सहभागिता रहेको तालिम आयोजक महिला उत्थानका लागि प्रगतिशील मञ्चका अध्यक्ष बबिता पोमूले जानकारी दिनुभयो । 

प्रकाशित मिति : 12:57 pm

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ

विश्व वातावरण दिवसमा नागी पाखामा वृक्षरोपण

ताप्लेजुङ, जेठ २३ गते । विश्व वातावरण दिवसको अवसरमा मेरिङदेन

युनाइटेड मेवाखोला हाइड्रोपावरको विद्युत परीक्षण उत्पादन सुरु

ताप्लेजुङ, जेठ २३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा निर्माण भएको