आठराई त्रिवेणीमा सम्पन्न भयो ७ दिने उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम 



ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङमा गत जेठ २७ गते देखि सञ्चालित उद्घोषण तथा भाषणकला सम्वन्धी ७ दिने तालिम शनिवार सम्पन्न भएको छ । नेतृत्व तथा क्षमता विकासको उद्देश्य राखेर आठराई त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोगमा महिला उत्थानका लागि प्रगतिशील मञ्चले आयोजना गरेको तालिम सम्पन्न भएको हो । 

तालिमबाट उद्देश्य अनुसार लक्ष्य प्राप्त गरेको तालिमका सहभागीले प्रतिक्रिया दिएका छन् । सहभागीहरूले अब कार्यक्रमहरूमा मन फुकाएर बोल्न, गाउँघरमा हुने सानातिना कार्यक्रमको उद्घोषण गर्न र मर्यादा अनुसार अतिथिको बिदाई तथा स्वागत गर्न सक्ने प्रतिक्रिया दिए । तालिम समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू ९दीपेन० ले सातदिनसम्म आर्जन गरेको सीपलाई व्यवहारमा उर्तान सहभागीलाई आग्रह गर्नु भएको छ । 

पालिका उपाध्यक्ष शान्ताकुमारी आङबुहाङले तालिमको प्रगति देखेर आफू प्रशंसित भएको बताउनुभयो ।  पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईले तालिम सिकाइमा मात्र केन्द्रित हुन नहुने भन्दै सहभागीहरूको तालिम अघि र तालिम पछिको निडरतापूर्वक उभिने शैलीले सिकाइ अर्थपूर्ण र उद्देश्य अनुसार प्रदान गर्न विश्वास गर्न सकिने बताउनुभयो । 

 तालिमका सहजकर्ता तथा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले तालिमका सहभागीको प्रस्तुती सुन्दा र हेर्दा आफूले तालिम अवधिमा आफूले लगाएको मेहनेतले सार्थकता पाएको भन्दै प्रसन्नता व्यक्त गर्नुभयो । तालिममा आठराई त्रिवेणी गाउँपालिकाका कार्यपालिका सदस्य, वडा सदस्य र ५ वटै वडाबाट गरी कूल २८ जनाको महिलाहरूको सहभागिता रहेको तालिम आयोजक महिला उत्थानका लागि प्रगतिशील मञ्चका अध्यक्ष बबिता पोमूले जानकारी दिनुभयो । 

प्रकाशित मिति : 12:57 pm

श्री सिन्धकाली आधारभूत विद्यालयको इन्टरलक टाइल र पेन्सिल शिलालेख स्तम्भको उद्‌घाटन

ताप्लेजुङ, मंसिर ८ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–१ थिङ्लाबूको श्री

तेम्बा बजारका आगलागी पीडितलाई मन्त्री हाङ्गामको आर्थिक सहयोग

ताप्लेजुङ, मंसिर ८ गते । ताप्लेजुङको तेम्बा बजारका आगलागी पीडितलाई

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला सुरु 

ताप्लेजुङ, मंसिर ८ गते । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा

ताप्लेजुङको आईटी एकेडेमीले मनायो दोश्रो वार्षिक उत्सव 

ताप्लेजुङ, मंसिर ६ गते । ताप्लेजुङको एक मात्र आईटी एकेडेमीको

थलङमा तेस्रो आमन्त्रित खुल्ला क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने 

ताप्लेजुङ, मंसिर ६ गते । ताप्लेजुङको मिक्वाखोला–४ थलङमा तेस्रो आमन्त्रित