ताप्लेजुङ लिग : ‘ए ’ डिभिजनको उपाधि प्रगतिशील युवा क्लब लिङ्तेपलाई



ताप्लेजुङ । ताप्लेजुङमा सञ्चालन भएको जिल्ला लिग अन्तर्गत ‘ए’ डिभिजन तर्फको उपाधि प्रगतिशील युवा क्लब  लिङ्तेपले जितेको छ। चाँगे माविको खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा लालीमा युवा क्लब ढुङ्गेसाँघुलाई ३: १ गोल अन्तरले पराजित गर्दै उपाधि प्रगतिशील युवा क्लबले  जितेको हो।

 ‘ए’ डिभिजन लिगको विजेता प्रगतिशीलले नगद रु ५० हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको लालिमाले नगद रु २५ हजार पुरस्कार प्राप्त गरेको आयोजक ताप्लेजुङ जिल्ला फुटबल संघले जनाएको छ ।

जिल्ला लिग अन्तर्गत ‘ए’ डिभिजन अन्र्तगतेको प्रतियोगिता गत जेष्ठ २१ गतेबाट सञ्चालन भएको हो । यसैबीच, ‘ए’ डिभिजनमा रहेका जिल्लाका दुई क्लबहरू ‘बी’ डिभिजनमा घटुवा भएका छन्। 

प्रतियोगितामा लिग चरणको अङ्कतालिकामा सबैभन्दा पुच्छरमा रहेका  २ क्लबहरू मानाभरा युथ स्पोर्टिङ क्लब खेजेनिम र माछापोखरी हिटी क्लब चाँगे ‘बी’ डिभिजनमा घटुवा भएका हुन् । 

प्रकाशित मिति : 1:49 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई