ताप्लेजुङको मिक्वाखोलामा गोलिया ओसार पोसारमा रोक



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले गोलिया ओसार पसार गर्न रोक लगाएको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै गाउँपालिका अन्र्तगत स्टक गरी राखिएको विभिन्न जातका काठका गोलिया ओसारपसार गर्न रोक लगाएको जनाएको छ । 

आगामी असार १ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनदेब योङ्या बताउनुभयो । वर्षातको समयमा ढुवानी तथा  ओसारपसार  गर्दा सडकहरू बिग्रिने, भत्किने भएकाले गोलिया ओसार पसारमा रोक लगाइएको उहाँले बताउनुभएको छ । 

रोक लगाइएको समयावधिमा गोलिया ओसारपसार गरेको पाइए नियन्त्रणमा लिई प्रचलित कानूनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने समेत गाउँपालिकाले जनाएको छ । गोलिया ओसारपसारमा पालिकाले रोक लगाएसँगै वर्षातको समयमा समेत सहज ढंगले साना सवारी साधनहरू सञ्चालन हुने स्थानीयले विश्वास लिएका छन् । 

 
यस अघि  सडकको अवस्था हेरी कतिपय गाउँपालिकाहरूले पनि गोलिया ओसारपसारमा रोक लगाउँदै आएका छन् ।
 

प्रकाशित मिति : 1:08 pm

दिनेश खातीको नेतृत्वमा दलित मोर्चा गठन

ताप्लेजुङ, असोज २६ गते । ताप्लेजुङमा नेपाल दलित मोर्चाको जिल्ला

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले