ताप्लेजुङमा दुई चरणमा आईपिभि खोप प्रदान गरिँदै, साढे छ हजार बालबालिका लाभान्वित हुने



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । भोलिदेखि देशैभर सुरुहुने आईपिभि खोप अभियान अन्तर्गत ताप्लेजुङमा दुई चरणमा खोप प्रदान गरिदैछ । ९ ओटा स्थानीय तह रहेको ताप्लेजुङमा पहिलो चरणमा ४ ओटा पालिकामा र दोश्रो चरणमा ५ ओटा पालिकाका बालबालिकालाई आईपिभि खोप प्रदान गर्ने तयारी पुरा भएको स्वास्थ्य कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख कुलबहादुर पौडेलले बताउनुभयो ।

शनिबार फुुङलिङमा खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरुबीचको अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै सम्पुर्ण तयारी पुरा भएको प्रमुख पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार फुङलिङ नगरपालिका, पाथीभरा याङवरक गाउँपालिका, सिदिङबा गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकामा भोलिदेखि सुरु हुने पहिलो चरणमा ३ हजार ७ सय ७६ जना बालबालिकालाई खोप लगाईदैछ ।

भोलिदेखि सुरु हुने अभियान जेठ १८ गतेसम्म जारी रहने स्वास्थ्या कार्यालय ताप्लेजुङले जनाएको छ । यस्तै जेठ २० देखि २५ गतेसम्म सञ्चालन हुने दोश्रो फक्ताङलुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका, मेरिङदेन गाउँपालिका, मैवाखोला गाउँपालिका र सिरीजंघा गाउँपालिकाका २ हजार ९ सय ७४ जना बालबालिकालाई खोप प्रदान गरिने बताइएको छ ।

अभियानामा २०७३ बैसाख देखि २०७५ साल असोजसम्म जन्मेका बालबालिकालाईे खोप लगाईने भएको छ । ९ ओटा पालिकाको बिभिन्न स्थानमा रहेका ३ सय ९८ ओटा विद्यालयलाई नै खोप केन्द्र निर्धारण गरी सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई खोप लगाउने तयारी भईरहेको छ । उक्त खोप अभियानमा १ सय २१ जना स्वास्थ्यकर्मी, ७ सय ९६ जना स्वयमसेवक परिचालन हुने प्रमुख पौडेलको भनाई छ ।

खोप नलगाए बालबालिकामा पोलियोमाईलाईटिस रोग लाग्ने दर अति जोखिम हुने भएकाले रोगबाट सुरक्षित हुन सबै बालबालिकालाई खोप लगाउन समेत कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : 1:01 pm

सुपर काबेली ‘ए’ ले साधारण शेयर निष्कासन गर्ने 

ताप्लेजुङ, माघ १८ गते । सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाले

अपर मेवा जलविद्युतको सुरुङ मार्ग खन्ने कार्य सुरु

ताप्लेजुङ, माघ १८ गते । ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत

केबुलकार खारेजको माग गर्दै ताप्लेजुङ प्रदर्शन

सौगात विष्ट ताप्लेजुङ, माघ १७ गते । पाथिभरा मन्दिर (मुक्कुमलुङ)

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका