तमोर मेवा जलविद्युत आयोजना १२८ मेघावाटको शिलान्यास, लागत २४ अर्ब ३२ करोड



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । तमोर–मेवा जलविद्युत आयोजना १ सय २८ मेघावाटको आज शिलान्यास गरिएको छ । फुङलिङ नगरपालिका १ स्थित नाङ्गे पुछार बगरेमा पूर्व संविधान सभा सदस्य सञ्चपाल मादेनको प्रमुख आतिथ्यतामा आयोजनाको शिलान्यास गरिएको हो । 

वि.सं. २०५६ सालमै अध्ययन सुरु गरिएको स्पार्क हाईड्र्रोइलेक्ट्रिक कम्पनी लिमिटेडद्वारा सञ्चालित यस आयोजनाको करिब २६ वर्षपछि निर्माणको काम सुरु भएको छ । तमोर नदी र मेवाखोलाको पानीलाई संयुक्त रुपमा संकलन गरी १ सय २८ मेघावाट क्षमताको विद्युत उत्पादन गर्ने गरी बिहीबार आज शिलान्यास गरिएको स्पार्क हाईड्र्रोइलेक्ट्रिकका अध्यक्ष भानेन्द्र कुमार लिम्बूले जानकारी दिनुभयो । 

उहाँका अनुसार आयोजनाको कार्य आगामी २०८५ साल असोज २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजना कुल २४ अर्ब  ३२ करोडका लागतमा निर्माण सम्पन्न हुने प्रबन्ध निर्देशक सुदीप कुमार चौधरीले जानकारी दिनुभयो । 

शिलान्यास कार्यक्रममा पूर्व संविधानसभा सदस्य मादेन, कोशी प्रदेशसभाका सदस्य खगेनसिंह हाङगाम, जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङगाम डम्बर, उपाध्यक्ष दुर्गाश्रेङचोङबा, प्रभावित वडाका वडाध्यक्ष लगायतका उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 2:09 pm

फुङ्लिङमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइने

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङ्लिङमा राष्ट्रिय विभूति महागुरु

घरको रेलिङबाट लडेर एक जना घाइते

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा घरको

ताप्लेजुङदेखि काठमाडौंका लागि हिँडेको बस नावा खोलामा फस्यो, सबै यात्रुको उद्धार

ताप्लेजुङ, कात्तिक १३ गते । तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको

प्रतिकूल मौसमबाट सतर्क रहन फक्ताङ्लुङको पर्यटक र नागरिकलाई आग्रह

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्रतिकूल मौसमका

पाथीभरा याङ्वरकमा सम्पन्न आमन्त्रित खुला क्लबस्तरीय पुरुष फुटबलको उपाधि दरिम्बालाई

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न