तमोर मेवा जलविद्युत आयोजना १२८ मेघावाटको शिलान्यास, लागत २४ अर्ब ३२ करोड



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । तमोर–मेवा जलविद्युत आयोजना १ सय २८ मेघावाटको आज शिलान्यास गरिएको छ । फुङलिङ नगरपालिका १ स्थित नाङ्गे पुछार बगरेमा पूर्व संविधान सभा सदस्य सञ्चपाल मादेनको प्रमुख आतिथ्यतामा आयोजनाको शिलान्यास गरिएको हो । 

वि.सं. २०५६ सालमै अध्ययन सुरु गरिएको स्पार्क हाईड्र्रोइलेक्ट्रिक कम्पनी लिमिटेडद्वारा सञ्चालित यस आयोजनाको करिब २६ वर्षपछि निर्माणको काम सुरु भएको छ । तमोर नदी र मेवाखोलाको पानीलाई संयुक्त रुपमा संकलन गरी १ सय २८ मेघावाट क्षमताको विद्युत उत्पादन गर्ने गरी बिहीबार आज शिलान्यास गरिएको स्पार्क हाईड्र्रोइलेक्ट्रिकका अध्यक्ष भानेन्द्र कुमार लिम्बूले जानकारी दिनुभयो । 

उहाँका अनुसार आयोजनाको कार्य आगामी २०८५ साल असोज २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजना कुल २४ अर्ब  ३२ करोडका लागतमा निर्माण सम्पन्न हुने प्रबन्ध निर्देशक सुदीप कुमार चौधरीले जानकारी दिनुभयो । 

शिलान्यास कार्यक्रममा पूर्व संविधानसभा सदस्य मादेन, कोशी प्रदेशसभाका सदस्य खगेनसिंह हाङगाम, जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङगाम डम्बर, उपाध्यक्ष दुर्गाश्रेङचोङबा, प्रभावित वडाका वडाध्यक्ष लगायतका उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 2:09 pm

शैक्षिक उन्नतिका लागि मयाम माध्यमिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १४ गते । पूर्व विद्यार्थी तथा समाजसेवी व्यक्तिहरूले

फुङ्लिङ नगरपालिकाद्धारा राष्ट्रिय खेलकुदको तयारीका लागि टेबल टेनिस बोर्ड हस्तान्तरण

ताप्लेजुङ, असोज १४ गते । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङलाई

दसैँ–तिहारलाई लक्षित गर्दै फुङलिङ बजार शुक्रबार पनि खुला हुने

ताप्लेजुङ, असोज १४ गते । साप्ताहिक रूपमा शुक्रबार बन्द हुँदै

हाइड्रोपावरमा कार्यरत मजदुरको ढुङ्गाले लागेर मृत्यु

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा निर्माणधीन हाइड्रोपावरमा

ताप्लेजुङमा खाद्यले ४८ वर्षपछि चिनी बेच्दै

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङस्थित खाद्य व्यवस्था तथा व्यापार