डीआईजी चन्द्रकुबेर खापुङको गीत ‘अजम्बरी जीवन होइन’ सार्वजनिक




विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) चन्द्रकुबेर खापुङको शब्द रचना रहेको गीत ‘अजम्बरी जीवन होइन’ सार्वजनिक भएको छ । गीतको भिडियो डिआर प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

आलोक श्रीको संगीत रहेको यस गीतमा गायक उदय सोताङको स्वर रहेको छ । यस गीत दाजु स्व। त्रैलोक्य खापुङप्रति समर्पित गरिएको गीतकार खापुङको भनाइ छ ।

गीतको भिडियोमा सुरेश कोहली, स्मारिका ढकाल र रोशन बान्तावाको अभिनय रहेको छ भने साहस अमात्यले सहायक भूमिका निर्वाह गरेका छन्।

दौलत राईको निर्देशन रहेको यस भिडियोलाई रामचन्द्र राईले छायांकन गरेका हुन् । भिडियोको सम्पादन दिन्सोन राई, श्रीङ्गार सुवास तिमल्सिना, सह निर्देशन पुनम श्रेष्ठ र प्रोडक्सन म्यानेजर आइक्याच स्टुडियोको रहेको छ ।

प्रकाशित मिति : 3:35 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई