ऐतिहासिक मदन मेला जेठ १३ देखि सञ्चालन हुने 



 तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा ऐतिहासिक मदन मेला सञ्चालन हुने भएको छ । वि. सं। २०१५ सालबाट सञ्चालन हुँदै आएको मेला यस वर्ष पनि सञ्चालन हुने भएको हो । 

ऐतिहासिक मदन मेला यस वर्ष जेठ १३ गतेदेखि १९ गतेसम्म आठराई गाउँपालिकास्थित सक्रान्ति बजारमा सञ्चालन गर्ने तयारी भइरहेको मदनमेला आयोजक मूल समारोह समितिले जनाएको छ । करिब ६६ वर्षअघि सुरु भएको मेला द्वन्द्वकाल र कोरोना सङ्क्रमणको अवधिबाहेक अन्य वर्षहरूमा भने निरन्तर रुपमा लाग्दै आइरहेको छ । 

प्रत्येक साल नयाँ वर्षको उपलक्ष्यमा सञ्चालन हुने मेला यसपटक जेठमा सारिएको भुवन किशोर इङनामले जानकारी दिनुभएको छ । उहाँका अनुसार मेलाको अवसरमा खुल्ला पुरुष तथा महिला फुटबल, पालिका स्तरीय पुरुष भलिबल, धान नाच लगायतका सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुने छ । 

खुल्ला पुरुष फुटबलतर्फको विजेताले नगद २ लाख र उपविजेताले १ लाख ३० हजार प्राप्त गर्नेछन् । महिलाको तर्फको प्रथमलाई ८० हजार, द्धितियलाई ५० हजार प्रदान गरिने समितिले जनाएको छ ।

मेलाकै अवसरमा सञ्चालित पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथमले ५० हजार, दोश्रोले ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

प्रकाशित मिति : 1:35 pm

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले