ताप्लेजुङ । नेपाल शिक्षक संघले स्थापना दिवसको अवसरमा ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीहरूलाई नगद सहयोग गरेको छ । विभिन्न संघसंस्था लगायतले अस्पतालका बिरामीलाई फलफूल वितरण लगायतका गतिविधि गरिरहेको बेला उक्त संघले भने नगद सहयोग गरेको हो ।
अस्पतालमा उपचार गराइरहेकामध्ये कतिपयले फलफूल खान नमिल्ने, चिसोले असर गर्ने भएकाले सबैलाई फलफूलको सट्टा नगद सहयोग गरिएको शिक्षक संघ प्रदेश सदस्य धनबहादुर थापाले बताउनुभयो । आइतबार बिहान जिल्ला अस्पताल पुगेका शिक्षक संघका पदाधिकारी, सदस्य, नेपाली कांग्रेसका नेताले बिरामीलाई जनही १५ सय रुपैयाँका दरले नगद वितरण गरेका छन् ।
नगद वितरणमा शिक्षक संघका अध्यक्ष राम लावुङ, कांग्रेस सभापति गजेन्द्र प्रसाद तुम्याहाङ, पूर्वसभापति केशव प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया