कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार



कोशी प्रदेश । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज न्यायाधीश हरिप्रसाद फुयालले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले यस विषयमा आउँदो जेठ ९ गते बुधवार सुनुवाइको मिति तोक्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्रीमा नियुक्त हिक्मतकुमार कार्कीको नियुक्ति बदर गर्न र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न दिन अन्तरिम आदेश माग गर्दै हिजो रिट दायर गर्नुभएको थियो ।

नेकपा एमालेका कोशी प्रदेश सभा संसदीय दलका नेता हिक्मतकुमार कार्की हिजै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रकाशित मिति : 1:43 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो