पूर्वमन्त्री एवं प्रजातान्त्रिक योद्धा सूर्यमान गुरुङको निधन



ताप्लेजुङ । पूर्वमन्त्री एवं प्रजातान्त्रिक योद्धा सूर्यमान गुरुङको मंगलबार ८४ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको हिमाल अस्पताल कमल पोखरीमा उपचारको क्रममा मंगलबार दिउँसो निधन भएको नेपाली कांग्रेस ताप्लेजुङका पूर्वसभापति केशवप्रसाद दाहालले जानकारी दिए । १८ महिनादेखि ओछ्यान परेका उनी बाथ र सुगरका बिरामी थिए ।

विक्रम संवत १९९७ सालमा जन्मिएका गुरुङले २०१८ सालमा कांग्रेसले गरेको सशस्त्र आन्दोलनको ताप्लेजुङ र पाँचथरबाट नेतृत्व गरेका थिए । २०१८ साल चैत्र १७ गते सदरमुकाम फुङलिङमा रहेको प्रहरी ठाना कब्जागरी कारागारका कैदीबन्दी भगाइदिएका थिए । त्यो बेला उनीहरूले ताप्लेजुङ कब्जा गरेको दाहाल बताउँछन् । त्यही बेलादेखि भूमिगत भएका गुरुङ भारत निर्वासनमा बसेका थिए । २०३६ सालमा आममाफी पाएपछि गुरुङ नेपाल फर्किए । ३६ सालमा भएको कांग्रेस भेलामा एउटा समूह फुटेर पञ्चायतमा भाग लिने निर्णय गर्‍यो । गुरुङ पनि त्यही समूहमा लागे पञ्चायत राजनीति सुरु गरे ।

२०३९ सालदेखि ४६ सालसम्म तत्कालीन जिल्ला पञ्चायतको ९हालको जिसस० सभापति भए । २०४६ सालमा प्रजातान्त्रिक आन्दोलन भइरहँदा उनले पञ्चर्‍याली समेत निकालेका थिए । ४६ सालमा प्रजातन्त्र आएपछि कांग्रेसमै बसेर निरन्तरता दिए । २०१५ सालको नेपालको पहिलो आम निर्वाचनमा कांग्रेस प्रचारप्रसार विभागको जिम्मेवारी लिएका थिए । त्यो बेला कांग्रेसका उम्मेदवार कुलमान इजमले चुनाव जितेका थिए । ४६ सालको प्रजातन्त्र प्राप्ति पछि आफू कांग्रेस कार्यकर्ता भएको भन्दै सांसदको दाबी गरे पनि टिक पाएनन् । उनले पञ्चर्‍याली गरेको भन्दै आलोचना भएको थियो । पार्टीले टिकट नदिएपछि भाले चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए ।

२०५१ सालमा निर्वाचन क्षेत्र ुखु बाट उम्मेदवारको टिकट पाए तर विजयी बन्न सकेनन् । एमालेका अम्बिका साँवा, राप्रपाका विष्णु मादेन पछिको तेस्रो मत मात्रै पाए । कांग्रेसले २०५६ सालमा गुरुङलाई निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनायो । यो पटक एमालेका तिलकुमार मेन्याङवोसँग पराजित भए । २०६४ सालको निर्वाचनमा भने माओवादीका राम कार्कीलाई पराजित गरेर प्रतिनिधिसभाको सदस्य बने । २०७० सालमा कांग्रेसको समानुपातिकबाट सांसद भएका गुरुङ २०७३ सालमा एकपटक श्रम तथा रोजगार र एकपटक स्थानीय विकासमन्त्री बने ।

२०५७ देखि ६७ सालसम्म १० वर्ष कांग्रेस ताप्लेजुङको पार्टी सभापति भएका थिए । उनी सभापति हुँदा पार्टी सचिव दाहाल थिए । फुङलिङ नगरपालिका-६ पुर्ख्यौली घर भएका गुरुङ मन्त्री बनेदेखि काठमाडौं बस्दै आएका थिए । गुरुङको शव टिचिङ अस्पतालको शव गृहमा राखिने र छोराहरू आएपछि अन्त्येष्टि गरिने उनका भतिज युवराज गुरुङले बताए । गुरुङका श्रीमती, दुई छोरा र दुई छोरी छन् । छोराहरु विदेशमा भएको युवराजले बताए । ekantipur.com

प्रकाशित मिति : 12:58 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी