ताप्लेजुङ पर्यटन महोत्सवमा प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा



ताप्लेजुङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ताप्लेजुङ पर्यटन महोत्सवमा निमन्त्रणा गरिएको छ। प्रधानमन्त्री प्रचण्डलाई आगामी जेठ ३ देखि ७ गतेसम्म हुने ताप्लेजुङ पर्यटन महोत्सव २०८१ मा निमन्त्रणा गरिएको हो।

ताप्लेजुङ पर्यटन महोत्सव, मूल आयोजक समितिका पदाधिकारी टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी महोत्सव उद्घाटनका लागि निमन्त्रणा गरेको हो। मूल आयोजक समिति संयोजक एवम् जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई भेटेर निमन्त्रणा पत्र बुझाएको छ।

प्रधानमन्त्री प्रचण्डलाई महोत्सवको निमन्त्रणा पत्र बुझाउन प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई, प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिम, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनसमेत जानुभएको थियो। यता प्रधानमन्त्री प्रचण्डले निमन्त्रणा स्वीकार्नुभएको बताइएको छ। पर्यटन महोत्सव उद्घाटनमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री प्रचण्ड उपस्थित हुनुहुने भएको प्रतिनिधिसभा सदस्य भट्टराईले उल्लेख गर्नुभएको छ।

जिल्लाको पर्यटन क्षेत्रको विकासमा टेवा पुर्‍याउने साथै पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्यले पर्यटन महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सव हुने भएपछि तयारीलाई तीब्र पारिएको महोत्सव मूल आयोजक समितिका सदस्य–सचिव देवराज गुरुङले जानकारी दिनुभयो।

प्रकाशित मिति : 5:04 am

ताप्लेजुङ गोल्डकप : आज अन्तिम क्वाटरफाइनल खेल, झापा–११ र पुलिसबिच प्रतिस्पर्धा हुने 

ताप्लेजुङ, भदौ १५ गते । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो

ताप्लेजुङ गोल्डकप : सातदोबाटो र डिफेन्डिङ च्याम्पियन सलहेशको भिडन्त

ताप्लेजुङ, भदौ १४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर सेमिफाइनलमा

ताप्लेजुङ, भदौ १३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : चित्लाङ र पाँचथरबीच प्रतिस्पर्धा हुँदै

ताप्लेजुङ, भदौ १३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उद्घाटन खेलमा आयोजक र भारतबीच प्रतिष्पर्धा हुने

ताप्लेजुङ, भदौ १२ गते । शुक्रबारबाट सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण