नियमित खोप लगाउन छुटेका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाईने




काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ ।

नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत् खोज र खोप अभियान’ सञ्चालन गर्न लागेको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार १५ महिनामा नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने छ । सरकारले रोग, अपाङ्गता र मृत्युबाट बचाउन जन्मेदेखि पाँच वर्ष उमेर समूहका बाललालिकालाई विभिन्न १३ प्रकारका खोप निःशुल्क प्रदान गर्ने गर्दछ ।

नेपालमा अहिले पनि २० प्रतिशत बालबालिकाले पूर्ण खोप लगाएका छैनन् भने चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन । केही जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दै गएर दादुरा रुबेलाको महामारीसमेत देखापरेकाले छुटेका बालबालिकालाई खोप दिन थालिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेका खोप लगाउन र छिमेकमा रहेका त्यस्ता बालबालिकालाई पनि खोप केन्द्रसम्म जाने अवस्था बनाउनका लागि सहयोग गर्न अनुरोध गरेको छ । पूर्ण खोप नलगाउँदासम्म कोही पनि सुरक्षित नहुने भएकाले सबै बालबालिकालाई पूर्ण खोप लगाउन मन्त्रालयको आग्रह छ ।

प्रकाशित मिति : 5:08 am

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई

फुङलिङका १४ माछा तथा मासु पसलमा अनुगमन

ताप्लेजुङ, असोज २७ गते । उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय

घरेलुले ताप्लेजुङमा ग्राफिक डिजाइन सम्बन्धी सीप विकास तालिम सञ्चालन गर्ने

ताप्लेजुङ, असोज २७ गते । घरेलु तथा साना उद्योग कार्यालय