आज वेष्ट इण्डिज ‘ए’ सँग पहिलो मैत्रिपूर्ण टी-२० खेल्दै नेपाल



नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार वेष्ट इण्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रिपूर्ण टी-२० प्रतियोगिता खेल्दै छ। खेल दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित मैदानमा शुरु हुनेछ।

नेपाल र वेष्ट इण्डिजबीच पाँच खेल टी-२० खेलको शृङ्खला खेल्ने तय भएको छ । दोस्रो खेल आइतबार, तेस्रो मे १, चौथो मे २ र पाँचौँ मे ४ तारिखमा हुनेछ।शृङ्खलाका सबै खेल कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

क्यानले वेष्ट इण्डिज ‘ए’ विरुद्धको शृङ्खलाका लागि बिहीबार १६ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। शुक्रबार चार सदस्य थपिएका छन्।

नेपाली टोली रोहितकुमार पौडेलको कप्तानीमा मैदानमा उत्रिन लागेको छ। वेष्ट इण्डिजको कप्तानी रोस्टन चेजले गर्दैछन्।

आगामी जुनमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो। वेष्ट इण्डिजको टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो। नेपालसँगै वेष्ट इण्डिजले पनि आगामी टी-२० विश्वकप खेल्दै छ।

आईसीसी टी-२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा आयोजना हुँदैछ। आगामी आईसीसी टी-२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ।

यसअघि नेपाल र वेष्ट इण्डिजबीच एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ । सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेष्ट इण्डिजबीच खेल भएको थियो । खेलमा वेष्ट इण्डिज १०१ रनले विजयी भएको थियो।

प्रकाशित मिति : 12:57 am

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा