इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने



आज उपचुनाव हुने इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा सार्वजनिक गाडी चलाउन पाइने भएको छ । यसको व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको निर्वाचन आयोगले जनाएको छ ।

यसअघिका चुनावहरुमा अत्यावश्यक सेवा र आयोगबाट सवारी पास भएका गाडीहरु मात्र सन्चालन गर्न पाइन्थ्यो । तर यसपालिको उपचुनावमा भने मतदाताको सुविधाका लागि भन्दै आयोगले मतदान केन्द्रसम्मै सार्वजनिक गाडी सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनको लागि आवश्यकता र औचित्य हेरी सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउने निर्णय भएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिनुभयो ।

यस्तै मतदाता ल्याउने–लैजाने काममा प्रयोग नगर्ने गरी सम्बन्धित जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा पनि सार्वजनिक यातायातका गाडी सञ्चालनको लागि उपयुक्त व्यवस्था मिलाउन निर्देशन दिइएको आगोगले जनाएको छ ।

एम्बुलेन्स, दमकल, खानेपानीको ट्याङ्करलगायतका अत्यावश्यक र पास प्राप्त गाडी निर्वाधरुपमा चल्नेछन् । यसबाहेकका अरु गाडी चलाउन नपाइने र निर्देशन विपरीत गाडीको प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले समातेर मतदानको काम सकिएपछि मात्र फिर्ता दिने व्यवस्था गर्न आयोगले भनेको छ ।

प्रकाशित मिति : 12:50 am

प्रथम माघेमेला गोल्ड कप : सावादिन र धनकुटा सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा

पत्रकार लामगादेद्वारा जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

ताप्लेजुङ, माघ २ गते ।  ताप्लेजुङको पत्रकार तथा रेडियो तमोरका

ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

ताप्लेजुङ, माघ २ गते । ताप्लेजुङमा आगामी फागुन २१ गते

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रुपमा अवरुद्ध

ताप्लेजुङ । राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रुपमा अवरुद्ध भएको

प्रथम माघेमेला गोल्ड कप : आज दुई खेल हुने 

ताप्लेजुङ, माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा