इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने



आज उपचुनाव हुने इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा सार्वजनिक गाडी चलाउन पाइने भएको छ । यसको व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको निर्वाचन आयोगले जनाएको छ ।

यसअघिका चुनावहरुमा अत्यावश्यक सेवा र आयोगबाट सवारी पास भएका गाडीहरु मात्र सन्चालन गर्न पाइन्थ्यो । तर यसपालिको उपचुनावमा भने मतदाताको सुविधाका लागि भन्दै आयोगले मतदान केन्द्रसम्मै सार्वजनिक गाडी सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनको लागि आवश्यकता र औचित्य हेरी सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउने निर्णय भएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिनुभयो ।

यस्तै मतदाता ल्याउने–लैजाने काममा प्रयोग नगर्ने गरी सम्बन्धित जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा पनि सार्वजनिक यातायातका गाडी सञ्चालनको लागि उपयुक्त व्यवस्था मिलाउन निर्देशन दिइएको आगोगले जनाएको छ ।

एम्बुलेन्स, दमकल, खानेपानीको ट्याङ्करलगायतका अत्यावश्यक र पास प्राप्त गाडी निर्वाधरुपमा चल्नेछन् । यसबाहेकका अरु गाडी चलाउन नपाइने र निर्देशन विपरीत गाडीको प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले समातेर मतदानको काम सकिएपछि मात्र फिर्ता दिने व्यवस्था गर्न आयोगले भनेको छ ।

प्रकाशित मिति : 12:50 am

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था