कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि



भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरमा सन् २०२० मा कोरोना भाइरसको चपेटामा परेर ज्यान गुमाएका तीन जनाको शवको एक हजार दिनपछि अन्तिम संस्कार गरिएको छ ।

राजधानीको बाबा साहेब भीमराव अम्बेडकर अस्पतालमा बेवारिसे अवस्थामा रहेका यी तीनै शव कंकालमा परिणत भइसकेका थिए । अधिकारीहरूका अनुसार गत महिना रायपुरको एउटा अखबारले राज्यको सबैभन्दा ठूलो सरकारी अस्पतालमा हजार दिनभन्दा बढी समयदेखि पीपीई किटमा दाबी नगरिएका तीन जनाको शव राखेको समाचार प्रकाशित गरेको थियो ।

यी शव महिला वा पुरुष कसका हुन् भन्ने पनि थाहा थिएन । यो खबर सार्वजनिक भएपछि अस्पताल व्यवस्थापनले यस विषयमा ध्यानाकर्षण गरायो । कोरोनाका कारण मृत्यु भएकाले यी शवको अन्तिम संस्कारका लागि म्याजिस्ट्रेटको अनुमति लिनुपर्ने थियो ।

अस्पताल व्यवस्थापनले म्याजिस्ट्रेटलाई पत्र पनि लेखेको थियो तर अनुमति पाएको थिएन । त्यसपछि यी शवहरू पीपीई किटमा राखिएका थिए । समाचार बाहिर आएपछि पीपीई किट खोल्दा त्यसभित्रको कागजमा मृतकको जानकारी लेखिएको थियो ।

जानकारीअनुसार मृत्यु हुनेमा एक महिला थिइन् । त्यसपछि परिवारका सदस्यहरुको खोजी गरी उनीहरुलाई जानकारी गराइएको थियो । परिवारको सहमतिपछि बिहीबार तीनै जनाको शवलाई कोरोना प्रोटोकलअनुसार स्थानीय शवदाह स्थलमा दाहसंस्कार गरिएको छ ।

प्रकाशित मिति : 7:52 am

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई