इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द हुने




इलाम । इलाम २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारीलाई तीव्रता दिएको छ । बिहीबार बसेको सर्वदलीय बैठकमा १५ गतेका दिन सार्वजनिक यातायातका साधन बन्द गरिएको जानकारी दिइएको हो ।
बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सवारी साधन चल्न रोक लगाइएको हो । अत्यावश्यक सवारी साधनका लागि विशेष पासको व्यवस्था गरिएको छ ।

सञ्चारकर्मीहरूका हकमा आफू कार्यरत सञ्चारमाध्यमको सिफारिस, सञ्चारमाध्यमको परिचय पत्र, सवारी साधनको ब्लु बुक र लाइसेन्सको फोटोकपी पेस गरेमा पास उपलब्ध गराइने निर्वाचन कार्यालयले जानकारी दिएको छ । मतदानको गोपनीयता भङ्ग नहुनेगरी फोटो, भिडियो लिन सकिने व्यवस्था गरिएको छ ।

एक सय ४९ मतदान केन्द्रमा खटिने अधिकृत र सहायक अधिकृत गरी तीन सय सात जनालाई सक्रिय गराएको सर्वदलीय बैठकमा जानकारी गराइयो ।

कर्मचारीलाई मतदान केन्द्रमा पुगेपछि कसरी मतदानस्थल निर्माण गर्ने, ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्तिको मतदान कसरी व्यवस्थापन गर्ने, मतपेटिका निर्माण, मतपेटिका देखिनेगरी कसरी राख्ने, मतदान सम्पन्न भएपछि तयार पारिने मुचुल्का, मतपोटिका बन्दलगायत विषयमा कर्मचारीहरूलाई तालिम दिइसकेको पनि जानकारी दिइयो ।

इलाम २ मा ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्र छन् । यो क्षेत्रमा इलाम नगरपालिका, माई नगरपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र चुलाचुली गाउँपालिका गरी छ स्थानीय तहका ४२ वटा वडा छन् । यो क्षेत्रमा ५६ हजार आठ सय ६९ महिला, ५९ हजार १८ पुरुष र अन्य दुई गरी एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् ।

प्रकाशित मिति : 10:50 am

फुङलिङमा सुर्तिजन्य पदार्थ र मदिराका विज्ञापन बोर्ड हटाइँदै

ताप्लेजुङ, जेठ १८ गते । ताप्लेजुङ सदरमुकाम फुङलिङमा सुर्तिजन्य पदार्थ

दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथनको उपाधि राईलाई

ताप्लेजुङ, जेठ १८ गते । दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिताको

रास्वपा ताप्लेजुङको संगठन विस्तार तीव्र, फुङलिङ नगर सभापतिमा युवराज बराल

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालले आसन्न महाधिवेशनलाई लक्षित

शान्ति सुरक्षा थप सुदृढ बनाइने डिएसपी जोशीको भनाई

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङका नयाँ प्रहरी प्रमुख (डिएसपी)

ताप्लेजुङमा गरियो नमुना विपद् अभ्यास प्रदर्शन

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङमा नमुना विपद् अभ्यास प्रदर्शन