ट्याक्टर दुर्घटनाबाट घाईते भएका फाकुम्बाका युवकको मृत्यु



ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टर दुर्घटनाबाट घाईते भएका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मैवाखोला गाउँपालिका ६ फाकुम्बाका ३४ वर्षीय फुतेम्बा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक, प्रहरी प्रवक्ता कमल कुमार लुङगेलीले बताउनुभयो ।

उहाँका अनुसार ट्याक्टरमा सवार शेर्पालाई थप उपचारको लागि जिल्ला बाहिर लाने क्रममा पाँचथरको हेँवाखेलामा बुधबार अपरान्ह ५ बजे मृत्यु भएको हो । दुर्घटनाबाट घाईते भएका शेर्पालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । शरीरका विभिन्न अङ्गमा गम्भिर चोट लागेको कारण थप उपचारको लागि सुविधा सम्पन्न अस्तपालमा लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।

शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङको शव गृहमा राखिएको छ । आठराई त्रिवेणी गाउँपालिका ५ दोभानबाट फाकुम्बा तर्फ जाँदै गरेको प्र १–०२–००३ त २८१३ नम्बरको ट्याक्टर बुधबार बिहान ९ बजे दोभान–फाकुम्बा सडक खण्डमा दुर्घटना भएको प्रहरी निरीक्षक लुङगली जानकारी दिनुभयो ।

ट्याक्टर चालक उमेश लिम्बूलाई इलाका प्रहरी कार्यालय दोभानको टोलीले नियन्त्रणमा लिएको छ । चालक लिम्बूलाई आज जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा ल्याएर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 6:00 am

विपद् उद्धारको पूर्वतयारीका लागि सुरक्षा निकायको संयुक्त अभ्यास

ताप्लेजुङ, कात्तिक २० गते । ताप्लेजुङमा विपद्का समयमा हुन सक्ने

नेकपा एमाले ताप्लेजुङद्वारा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

ताप्लेजुङ, कात्तिक १९ गते । नेकपा एमाले ताप्लेजुङले विभिन्न चाडपर्वहरूको

दोभानका अग्निपीडितलाई रास्वपाको एक लाख ९२ हजार सहयोग

ताप्लेजुङ, कात्तिक १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ दोभान बजारमा

पाथीभरा याङवरकद्धारा पाँच खेलका लागि खेल प्रशिक्षक छनोट

सौगात बिष्ट ताप्लेजुङ, कात्तिक १८ गते ।  ताप्लेजुङको पाथिभरा याङवरक

सिदिङ्वामा उत्पादित गोलभेँडा तराईका बजारमा निर्यात

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा व्यावसायिक गोलभेँडा