१०० घर जलेपछि ६ घण्टामा नियन्त्रणमा आयो आगो



महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको छ।

तीव्र हावा चलिरहेका वेला दिउँसो करीब २ बजे आगलागी भएको थियो। सो आगो अहिले पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।

उनका अनुसार आगलागीबाट मटिहानीमा करिब एक सय घर जलेका छन्। घटनासम्बन्धी विस्तृत विवरण बिहीवारसम्म मात्रै थाहा पाउन सकिने उनले बताए।

प्रजिअ गेलालले बिहीवार जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बस्ने तथा सो बैठकमा मटिहानी आगलागी घटनाबारे सर्वपक्षीय छलफल गरिने बताए।

घरबारविहिन बनेका मटिहानीका पीडित परिवारलाई नेपाल रेडक्रस सोसाईटी महोत्तरी शाखाले तत्काल त्रिपाललगायतका राहत सामग्री प्रदान गरेको छ।

आगलागीबाट पाँच खसीबाख्रा र दुई सुँगुर समेत मरेका प्रहरीले जनाएको छ। बस्तीभरि फैलिएको आगो निभाउन १० वटा दमकल प्रयोग गरिएका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र भारतीय सुरक्षाकर्मीसहित स्थानीयको सहयोगमा आगो निभाइएको हो।

प्रकाशित मिति : 12:51 am

दोभानका अग्निपीडितलाई रास्वपाको एक लाख ९२ हजार सहयोग

ताप्लेजुङ, कात्तिक १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ दोभान बजारमा

पाथीभरा याङवरकद्धारा पाँच खेलका लागि खेल प्रशिक्षक छनोट

सौगात बिष्ट ताप्लेजुङ, कात्तिक १८ गते ।  ताप्लेजुङको पाथिभरा याङवरक

सिदिङ्वामा उत्पादित गोलभेँडा तराईका बजारमा निर्यात

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा व्यावसायिक गोलभेँडा

पाथीभरामा एकै दिन १० हजार बढी तीर्थयात्री

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय

रेडक्रस ताप्लेजुङको कार्यालय प्रमुखमा अधिकारी

ताप्लेजुङ, कात्तिक १७ गते । नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङको कार्यालय