ताप्लेजुङमा थोःक्लाको चर्चा



ताप्लेजुङ । पत्रकार तथा मानवअधिकारकर्मी मनोज तेयुङ लिम्बुको कृती लिम्बू भाषाको कविता सङ्ग्रह थोःक्ला सोमबार फुङलिङमा चर्चा गरिएको छ । लेखक लिम्बुले पत्रकार तथा राजनीतिक दललाई कृति वितरण गर्दै कविताका बारेमा प्रकाश पारे । 

लिम्बुले भने,‘लिम्बु भाषा र लिपि संरक्षणका लागि प्रकाशित गरेको छु । ३५ वटा कविता समावेश छन् ।’ कविता गद्य र पद्य तथा पालाम र माङ्घो छन्दमा लेखिएका छन् । लिम्बू भाषमा थोःक्ला भनेको नेपाली भाषामा ढोया हो । जो माइतीले चेलीलाई आर्थिक उपार्जनको आश गर्दै चौपाया या पशुपन्छी उपहार स्वरुप दिएपछि माइतीले त्यस वापत केही रकम या गर गहना प्रदान गर्नुलाई ढोया भनिन्छ । 

चेलीले विदेश गएका माइतीलाई ढोया लगाउने प्रचलन पछिल्लो समय हट्दै गएकाले कविले यसबारे पुनर्जागृत गर्दै संस्कार र संस्कृतिको स्मरण गराएका छन् । लिम्बू तेह्रथुमस्थित सामुदायिक रेडियो, रेडियो मेन्छ्यायेमका संस्थापक स्टेसन मेनेजर हुन् । 

पत्रकार महासङ्घका उपाध्यक्ष गंगा लिङ्खिम र पूर्व जिल्ला अध्यक्ष खगेन्द्र अधिकारी लगायतले सर्जक लिम्बुले साहित्यमार्फत लिम्बू भाषा धर्म तथा संस्कार संरक्षणमा योगदान पुर्याएको भन्दै भविष्यमा निरन्तरता दिन शुभकामना दिए । कार्यक्रम नेपाल पत्रकार महासङ्घको कार्यालयमा भएको थियो । रेडियो ताप्लेजुङ

प्रकाशित मिति : 7:48 am

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई