ताप्लेजुङमा थोःक्लाको चर्चा



ताप्लेजुङ । पत्रकार तथा मानवअधिकारकर्मी मनोज तेयुङ लिम्बुको कृती लिम्बू भाषाको कविता सङ्ग्रह थोःक्ला सोमबार फुङलिङमा चर्चा गरिएको छ । लेखक लिम्बुले पत्रकार तथा राजनीतिक दललाई कृति वितरण गर्दै कविताका बारेमा प्रकाश पारे । 

लिम्बुले भने,‘लिम्बु भाषा र लिपि संरक्षणका लागि प्रकाशित गरेको छु । ३५ वटा कविता समावेश छन् ।’ कविता गद्य र पद्य तथा पालाम र माङ्घो छन्दमा लेखिएका छन् । लिम्बू भाषमा थोःक्ला भनेको नेपाली भाषामा ढोया हो । जो माइतीले चेलीलाई आर्थिक उपार्जनको आश गर्दै चौपाया या पशुपन्छी उपहार स्वरुप दिएपछि माइतीले त्यस वापत केही रकम या गर गहना प्रदान गर्नुलाई ढोया भनिन्छ । 

चेलीले विदेश गएका माइतीलाई ढोया लगाउने प्रचलन पछिल्लो समय हट्दै गएकाले कविले यसबारे पुनर्जागृत गर्दै संस्कार र संस्कृतिको स्मरण गराएका छन् । लिम्बू तेह्रथुमस्थित सामुदायिक रेडियो, रेडियो मेन्छ्यायेमका संस्थापक स्टेसन मेनेजर हुन् । 

पत्रकार महासङ्घका उपाध्यक्ष गंगा लिङ्खिम र पूर्व जिल्ला अध्यक्ष खगेन्द्र अधिकारी लगायतले सर्जक लिम्बुले साहित्यमार्फत लिम्बू भाषा धर्म तथा संस्कार संरक्षणमा योगदान पुर्याएको भन्दै भविष्यमा निरन्तरता दिन शुभकामना दिए । कार्यक्रम नेपाल पत्रकार महासङ्घको कार्यालयमा भएको थियो । रेडियो ताप्लेजुङ

प्रकाशित मिति : 7:48 am

फक्ताङलुङमा ६० देखि ७० वर्षका नागरिकलाई मासिक भत्ता

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ६० देखि

सवारी कारबाहीबाट ८ लाख ७ हजार बढी राजश्व सङ्कलन 

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङमा सवारी कारबाहीबाट ८ लाख

भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ताप्लेजुङमा उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, साउन २ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भारी

सिरिजङ्घा गाउँपालिकाद्धारा निर्माण कार्यमा प्रगति नभएपछि दुई ठेक्का सम्झौता अन्त्य

सौगात विष्टताप्लेजुङ, साउन २ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले निर्माण

विपद्का घटनाबाट १० जनाको मृत्यु

ताप्लेजुङ, साउन २ गते । ताप्लेजुङमा एक वर्षमा विपद्का घटनामा