सार्वजनिक बिदाको दिनमा पनि जिल्ला प्रशासन ताप्लेजुङले सेवा प्रवाह गर्ने



ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक बिदाका दिनमा समेत तीन क्षेत्रका सेवाहरु प्रवाह गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक बिदाका दिनमा पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्वन्धी सेवा प्रवाह हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार रामनवमीको दिन बैशाख ५ गते,उभौंली पर्व–चण्डी पूर्णिमा (बैशाख पूर्णिमा), बुद्धजयन्तीको दिन जेठ १० गते,गणतन्त्र दिवको दिन जेठ १५ गते र रक्षावन्धनको दिन भदौ ३ गते पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्वन्धी सेवा प्रवाह हुने छ ।

यस्तै श्रीकृष्ण जन्माष्टमीको दिन भदौ १० गते, घटस्थापना असोज १७ गते,किराँत समुदायको उभौंली पर्व–योमरी पुन्हि–ज्यापु दिवसका दिन मंसिर ३० गते, क्रिसमस डे पुस १० गते र तमू ल्होसार पुस १५ गतेका दिन समेत उल्लेखित तीन क्षेत्रका सेवा प्रवाह हुने सहायक प्रजिअ भट्टराईले बताउनुभयो ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पुस २७ गते, माघी पर्व–माघे संक्रान्ति पर्व माघ १ गते, शहीद दिवस माघ १६ गते, सोनाम ल्होसार माघ १७ गते, राष्ट्रि प्रजातन्त्र दिवस फागुन ७ गते, महाशिवरात्री फागुन १४ गते, ग्याल्पो ल्होसार फागुन १६ गते, अन्तराष्ट्रिय श्रमिक महिला दिवस फागुन २४ गते र इस्लाम धर्मावलम्वीहरुको पर्व९इद उल फित्र०बकर इद (इद उल अजहा) का दिन समेत जिल्ला प्रशासन कार्यालयबाट नागरिकता,राहदानी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्वन्धी सेवा प्रवाह हुने भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 7:25 am

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा