ताप्लेजुङको मध्य तमोरको विद्युत कोशी कोरिडोरमा जोडियो



ताप्लेजुङ । ताप्लेजुङस्थित मध्य–तमोर जलविद्युत विद्युत आयोजनाबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण लाइनको कोशी कोरिडोरमा जोडिएको छ। नेपाल विद्युत प्राधिकरणको तेह्रथुमको वसन्तपुरमा रहेको २२० केभीए क्षमताको कोशी कोरिडोर सव–स्टेसनमार्फत मध्यतमोरको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।

सानिमा मिडिल हाइड्रोपावर लिमिटेडद्वारा उत्पादित मध्यतमोर जलविद्युत आयोजनाको ७३ मेगावाट विद्युत शुक्रबार कोशी कोरिडोर सव–स्टेसनमा जडान गरिएको र विद्युत परीक्षण सफल भएको आयोजनाका प्रवन्धक डाक्टर मणिराज पोखरेलले जानकारी दिनुभयो। डा। पोखरेलका अनुसार नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङको उपस्थितिमा मध्यतमोरबाट उत्पादित विद्युत कोशी कोरिडोरमा जडान गरी परीक्षण गरिएको हो।

तेह्रथुमको बसन्तपुरस्थित कोशी कोरिडोर सव–स्टेसनमार्फत मध्यतमोरको विद्युत राष्ट्रिय प्रसारण लाइनमा सिंक्रोनाइज ९एकीकृत० गरिएको उहाँले जानकारी दिनुभयो। कोशी कोरिडोरमार्फत विद्युत जडानको परीक्षण कार्य सफल भएसँगै केही दिनबाटै मध्यतमोरको विद्युत पूर्णरुपले राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने पनि उहाँको भनाइ छ।

नेपाल विद्युत प्राधिकरणको कोशी कोरिडोर सव–स्टेसनमार्फत नै राष्ट्रिय प्रसारण लाइनमा व्यावसायिक जडान हुने आयोजनाले जनाएको छ। आयोजनाका प्रशासन तथा वातावरण प्रमुख अर्विन्द्र श्रेष्ठका अनुसार कोशी कोरिडोर सव–स्टेसनसम्म प्रसारण लाइन विस्तारको काम सम्पन्न भएसँगै ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजनाका सम्पूर्ण संरचनाहरु निर्माण सम्पन्न भएका छन्। अब आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने उहाँले बताउनुभयो।

यसअघि आयोजनाबाट उत्पादन हुने विद्युत मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको सव–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना थियो। कोशी कोरिडोरअन्तर्गत ढुङ्गेसाँघु सव–स्टेसनको क्षमता सुरुमा २२० केभीए भनेपनि पछि १३२ केभीए मात्र भएपछि मध्यतमोर आयोजनाबाट उत्पादित विद्युत बसन्तपुरसम्म पुर्‍याएर राष्ट्रिय प्रसारण लाइनमा जडान गर्नुपरेको हो।

मध्यतमोर जलविद्युत आयोजनास्थल भने फक्ताङ्लुङ गाउँपालिका–१ सावादिन, मिक्वाखोला गाउँपालिका–२ खोक्लिङ तथा फुङ्लिङ नगरपालिकाको वडा ९ हाङ्देवा र १० फुरुम्बु पर्दद्ध। फुरुम्बुस्थित मित्लुङ क्षेत्रबाट ५० मिटर लम्बाइ र ११ मिटर उचाइको बाँध निर्माण गरी करिव तीनहजार ४०० मिटर लामो सुरुङमार्फत खोक्लिङको थुम्बा बेँसीमा विद्युत गृह निर्माण गरिएको छ। gorkhapatraonline.com

प्रकाशित मिति : 1:05 pm

ताप्लेजुङ गोल्ड कपका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने

ताप्लेजुङ, साउन १८ गते । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप

ताप्लेजुङमा नयाँ  ‘त्रिवेणी फिडर’ सञ्चालनमा आयो

ताप्लेजुङ, साउन १७ गते । ताप्लेजुङको हिटी सबस्टेसनबाट नयाँ ‘त्रिवेणी

निङमा छ्योखोरलिङ बौद्ध गुम्बा निर्माणमा जुटे स्थानीय 

ताप्लेजुङ, साउन १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ स्थित निङमा छ्योखोरलिङ

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको तयारी तीब्र 

ताप्लेजुङ , साउन १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई