९ महिनामा १ लाख ६८ हजार बढी तीर्थयात्रीले पाथिभराको दर्शन गरे



ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा मन्दिरमा चालु आर्थिक वर्षको ९ महिनामा डेढ लाख बढी तीर्थयात्रीले मन्दिर दर्शन गरेका छन् । गत साउनदेखि चैत्र मसान्तसम्म १ लाख ६८ हजार ४ सय ६८ जना भक्तजनले मन्दिर दर्शन गरेको तथ्याङ्क  पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको छ । 

तथ्याङ्क अनुसार सबैभन्दा बढी चैत्र महिनामा ५२ हजार ४ सय ५५ जना र सबैभन्दा कम साउनमा १ हजार १ सय २२ जना तीर्थयात्री मन्दिर आएका थिए । भदौमा ५ हजार, असोजमा १० हजार ३ सय ४३, कात्तिकमा ४९ हजार १ सय ६३ जना भक्तजन पाथीभरा आएको समितिले जनाएको छ । 

यस्तै मङ्सिरमा २० हजार ४ सय १६ जना, पुषमा ५ हजार ६ सय ५५, माघमा ६ हजार ४ सय १, फागुनमा १७ हजार ९ सय १२ जना तीर्थयात्री आएका हुन् । चालु आर्थिक वर्षको कात्तिक र चैत्र महिनामा तीर्थयात्रीको चाप उच्च भएको बताइएको छ । 

पाथीभरामा दुई सिजन असोज–कात्तिक र चैत्र–वैशाखमा दर्शन गर्न अत्याधिक मात्रामा देशविदेशबाट आउने गरेका छन् । भक्तजनको दर्ता फेदीमा रहेको अस्थायी प्रहरी चौकीले गर्दै आइरहेको छ । गत वर्ष २ लाख भन्दा बढी मानिस मन्दिर दर्शन गर्न आएका थिए ।

प्रकाशित मिति : 12:52 pm

फुङ्लिङमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइने

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङ्लिङमा राष्ट्रिय विभूति महागुरु

घरको रेलिङबाट लडेर एक जना घाइते

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा घरको

ताप्लेजुङदेखि काठमाडौंका लागि हिँडेको बस नावा खोलामा फस्यो, सबै यात्रुको उद्धार

ताप्लेजुङ, कात्तिक १३ गते । तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको

प्रतिकूल मौसमबाट सतर्क रहन फक्ताङ्लुङको पर्यटक र नागरिकलाई आग्रह

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्रतिकूल मौसमका

पाथीभरा याङ्वरकमा सम्पन्न आमन्त्रित खुला क्लबस्तरीय पुरुष फुटबलको उपाधि दरिम्बालाई

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न