वर्षको अन्तिम दिन सुनको भाउमा नयाँ रेकर्ड



काठमाडौं । वर्ष २०८० को अन्तिम दिन आज सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ३६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार रुस र युक्रेनको युद्ध, डलरको भाउ उकालो लाग्नुलगायतका कारणले सुनको भाउले पनि कीर्तिमानी बनाएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारको हकमा ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर मूल्य निर्धारण हुँदै आएको छ । त्यसमा १५ प्रतिशत भन्सार शुल्क लाग्छ ।

त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ५० रुपैयाँ बढेको छ । हिजो तोलाको एक हजार सात सय रुपैयाँ रहेको चाँदी आज तोलामा एक हजार सात सय ५० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अघिल्लो वर्ष चैत मसान्तका दिन सुनको भाउ तोलाको एक लाख १० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलाको एक हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : 11:09 am

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान