ओलाङचुङगोलामा पहिलोपटक गाडी पुग्यो



रेडियो काबेली

ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलामा पहिलोपटक गाडी पुगेको छ । सडकको ट्रयाक छिचोलिएसँगै गएको मंगलवार पहिलोपटक सदरमुकाम फुङलिङबाट केही जिप र ट्याक्सीहरू पुगेका हुन् । गाडी पुगेको दुई दिनपछि बिहिबार एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती, एमाले सचिव तथा सांसद योगेश भट्टराईसहितका नेता ओलाङचुङगोला पुग्नुभएको थियो ।

केही वर्षअघि नै चीनसँगको सिमाना टिप्ताला भञ्ज्याङसम्म स्थानीयबासिन्दाको पहलमा सडक बनेको थियो ।सदरमुकामतर्फबाट भने भर्खरै मात्र सडकको ट्रयाक छिचोलिएको हो । ओलाङचुङगोलाबाट चीनको तिब्बत स्वशासित क्षेत्र जोड्ने टिप्ताला भञ्ज्याङ २४ किलोमिटर मात्र उत्तरमा छ । कोभिडपछि भने नेपाल र चीनको नाका बन्द रहेको छ। ३२ सय मिटरको उचाइमा रहेको ओलाङचुङगोलामा जम्मा ५६ वटा घर छन् नाका बन्द भएपछि यहाँका स्थानीयले सास्ती व्योहोर्दै आएका छन् तर गाडी पुगेपछि भने स्थानीयलाई सदरमुकाम आवतजावत गर्न र आवश्यक सामाग्री लैजान सहज भएको छ ।

प्रकाशित मिति : 5:52 am

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक

प्रथम लिङ्तेप गोल्डकप : उपाधिका लागि साथीभाइ र पाँचथर भिड्दै 

ताप्लेजुङ, माघ १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी

प्रथम लिङ्तेप गोल्डकप : साथीभाइ र पाँचथर फाइनलमा प्रवेश 

ताप्लेजुङ, माघ १२ गते । साथीभाइ सामाजिक युवा क्लब फुङलिङ र

ताप्लेजुङमा चाँदी चोरी गर्ने पक्राउ 

ताप्लेजुङ, माघ १२ गते । ताप्लेजुङको  फुङलिङ बजारमा रहेको अनमोल