फुङलिङ नगरपालिकाको आयोजनामा तीनदिने नेतृत्व विकास सम्बन्धी अनुशिक्षण फावाखोलामा सुरु



ताप्लेजुङ । नेतृत्व तथा क्षमता विकास, कानुनी साक्षरता र आयआर्जन साथै महिला प्रजनन् स्वास्थ्य सम्बन्धी फुङलिङ नगरपालिकाले नगरका सबै वडामा सञ्चालन गरेको तीन दिवसीय अभिमुखीकरण बुधवार वडा नं. ११ फावाखोलामा सुरु भएको छ । 

चालू आर्थिक वर्षका लागि यस्तो अभिमुखीकरण कार्यक्रममा फावाखोलामै अन्त्य हुने फुङलिङ नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सीता गुरुङले बताउनुभयो । पहिलो दिन बुधवार नेतृत्व तथा क्षमता विकास र भाषण तथा उद्घोषणकला सम्बन्धी अभिमुखीकरण सञ्चालन भएको सहजकर्ता तथा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । 

फुङलिङ नगरपालिकाका अनुसार बिहीबार कानुनी साक्षरता र शुक्रवार आयआर्जन तथा महिला प्रजनन् स्वास्थ्यका विषयमा सहभागीलाई प्रशिक्षित गरिने छ । तालिमको उद्घाटन गर्दै फुङलिङ नगरपालिका वडा नं ११ फावाखोलाका वडाध्यक्ष युवराज भट्टराई ९योगेश०ले नेतृत्व क्षमतामा परिपक्वता नआएसम्म मानिसको हर वृत्तिविकासमा समस्या सृजना हुने भएकोले अनुशिक्षण लाभदायक हुने विश्वास लिनुभयो । 

कार्यक्रममा फुङलिङ नगर कार्यपालिका सदस्य विनिता राई, वडा सदस्य कविता बिक, फुङलिङ नगरपालिकाको स्वास्थ्य शाखा संयोजक मञ्जु गुरुङ, फुङलिङ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मौसम खवास, फावाखोलाका वडा सचिव दिलेन्द्र कार्की सहितको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 12:35 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी