१४औं प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाई 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । १४औं प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाई गरिएको छ । आज जिल्ला समन्वय समितिको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी १०८ जना खेलाडीहरूलाई बिदाई गरिएको हो । 

गत फागुनमा आठराई त्रिवेणी गाउँपालिका फुलबारीको महभिर खेलमैदानमा सम्पन्न भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट हुन सफल भएका खेलाडीहरूलाई बिदाई गरिएको खेलकुद विकास समिति अध्यक्ष गणेश माबोले बताउनुभयो । 

बिदाई भएका खेलाडीहरूले चैत्र ३० गतेदेखि २०८१ साल बैशाख २ गते सम्म इटहरी रङ्गशालामा सञ्चालन हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउँने छन् । 

उक्त प्रतियोगितामा भलिबल, कवड्डी, एथलेटिक्स, सितोरीयो कराँते, तेक्वान्दौ र उसु खेलको विधाहरु रहेको अध्यक्ष माबोले बताउनुभयो । यस प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले राष्ट्र स्तरको प्रतियोगितामा सहभागी हुन पाउने अध्यक्षको भनाई छ । 

 बिदाई कार्यक्रममा प्रदेश सांसद तथा पूर्व मन्त्री तिलकुमार मेन्याङबो, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिका प्रमूख अमिर मादेन र आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन)ले खेलाडीहरूलाई जितको शुभकामना दिएका छन् । 

कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश माबोको अध्यक्षतामा सम्पन्न भएको हो । 

प्रकाशित मिति : 12:27 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई