महिला शक्ति विकास केन्द्र ताप्लेजुङद्वारा तीन वर्षमा गरेका कामको उपलब्धि सार्वजनिक



ताप्लेजुङ । महिला शक्ति विकास केन्द्र ताप्लेजुङले तीन वर्षमा गरेका कामको उपलब्धि सार्वजनिक गरेको छ । सदरमुकाम फुङलिङमा आज आयोजित कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक भूमिका आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको हो ।

उहाँका अनुसार तीन वर्षमा ताप्लेजुङका फुङलिङ नगरपालिकाका सबै वडा र पाथीभरा याङवरक गाउँपालिकाका १, २ र ३ नम्बर वडामा कार्यक्रम सञ्चालन गरिएको थियो । महिलाहरूको क्षमता बिकास, आयआर्जनका लागि उद्यम लगायतका कार्यक्रम सञ्चालन गरिएको थियो । जिल्लाका २० हजार महिलासम्म पुगेको संस्थाले जनाएको छ । 

पाथीभरा याङवरक गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङले यो संस्थासँग साझेदारी गरेर कार्यक्रम सञ्चालन गर्ने तयारीमा गाउपालिका रहेको बताउनुभयो । फुङलिङ नगरपालिका उपप्रमुख भिमादेवी ओझाले संस्थाको क्रियाशीलताको प्रशंसा गर्नुभयो । कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपाने, गैर सरकारी संस्थाका अध्यक्ष खड्गविक्रम सुवेदी, महिला नेतृ शिला इजम, चीत्राकुमारी चंसु लगायतले आवश्यक सुझाव तथा सल्लाह प्रदान गर्नुभयो । 

गैर सरकारी संस्था महासङ्घका अध्यक्ष सुवेदीले सरकारको संस्थालाई हेर्ने दृष्टिकोण फरक रहेको वेला यो संस्थाले महिलाको क्षेत्रमा प्रशंसायोग्य काम गरेकोमा खुसी व्यक्त गर्नु भयो । आगामी दिनमा पनि प्रभावकारी र शुसासन युक्त काम गर्नुपर्ने सुझाव गैसस महासङ्घको छ । यो कार्यक्रम देशका बिभिन्न जिल्लामा विगत १६ वर्षदेखि सञ्चालित रहेको छ । 

आचार्यले संस्थामा जोडिएर नेतृत्व विकासमा लागेका देशका ३ उपमेयर र १ सय ६४ जना वडा सदस्य भएको बताउनुभयो । संस्थाले देशभरका ४७ हजार जनालाई तालिम दिएको थियो ।

प्रकाशित मिति : 2:42 pm

फुङ्लिङमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइने

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङ्लिङमा राष्ट्रिय विभूति महागुरु

घरको रेलिङबाट लडेर एक जना घाइते

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा घरको

ताप्लेजुङदेखि काठमाडौंका लागि हिँडेको बस नावा खोलामा फस्यो, सबै यात्रुको उद्धार

ताप्लेजुङ, कात्तिक १३ गते । तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको

प्रतिकूल मौसमबाट सतर्क रहन फक्ताङ्लुङको पर्यटक र नागरिकलाई आग्रह

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्रतिकूल मौसमका

पाथीभरा याङ्वरकमा सम्पन्न आमन्त्रित खुला क्लबस्तरीय पुरुष फुटबलको उपाधि दरिम्बालाई

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न