महिला शक्ति विकास केन्द्र ताप्लेजुङद्वारा तीन वर्षमा गरेका कामको उपलब्धि सार्वजनिक



ताप्लेजुङ । महिला शक्ति विकास केन्द्र ताप्लेजुङले तीन वर्षमा गरेका कामको उपलब्धि सार्वजनिक गरेको छ । सदरमुकाम फुङलिङमा आज आयोजित कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक भूमिका आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको हो ।

उहाँका अनुसार तीन वर्षमा ताप्लेजुङका फुङलिङ नगरपालिकाका सबै वडा र पाथीभरा याङवरक गाउँपालिकाका १, २ र ३ नम्बर वडामा कार्यक्रम सञ्चालन गरिएको थियो । महिलाहरूको क्षमता बिकास, आयआर्जनका लागि उद्यम लगायतका कार्यक्रम सञ्चालन गरिएको थियो । जिल्लाका २० हजार महिलासम्म पुगेको संस्थाले जनाएको छ । 

पाथीभरा याङवरक गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङले यो संस्थासँग साझेदारी गरेर कार्यक्रम सञ्चालन गर्ने तयारीमा गाउपालिका रहेको बताउनुभयो । फुङलिङ नगरपालिका उपप्रमुख भिमादेवी ओझाले संस्थाको क्रियाशीलताको प्रशंसा गर्नुभयो । कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपाने, गैर सरकारी संस्थाका अध्यक्ष खड्गविक्रम सुवेदी, महिला नेतृ शिला इजम, चीत्राकुमारी चंसु लगायतले आवश्यक सुझाव तथा सल्लाह प्रदान गर्नुभयो । 

गैर सरकारी संस्था महासङ्घका अध्यक्ष सुवेदीले सरकारको संस्थालाई हेर्ने दृष्टिकोण फरक रहेको वेला यो संस्थाले महिलाको क्षेत्रमा प्रशंसायोग्य काम गरेकोमा खुसी व्यक्त गर्नु भयो । आगामी दिनमा पनि प्रभावकारी र शुसासन युक्त काम गर्नुपर्ने सुझाव गैसस महासङ्घको छ । यो कार्यक्रम देशका बिभिन्न जिल्लामा विगत १६ वर्षदेखि सञ्चालित रहेको छ । 

आचार्यले संस्थामा जोडिएर नेतृत्व विकासमा लागेका देशका ३ उपमेयर र १ सय ६४ जना वडा सदस्य भएको बताउनुभयो । संस्थाले देशभरका ४७ हजार जनालाई तालिम दिएको थियो ।

प्रकाशित मिति : 2:42 pm

अरिङ्गाल झार्ने क्रममा लडेर एक जनाको मृत्यु

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–१ का एक

दशौँ राष्ट्रिय खेलकुदका लागि ताप्लेजुङबाट ३२ विधामा खेलाडी छनोट हुने, नाम दर्ता गराउन आह्वान

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङबाट दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका

कांग्रेस ताप्लेजुङ ‘क’ को सभापतिमा खिम्दिङ विजयी

ताप्लेजुङ, असोज १५ गते । नेपाली कांग्रेस ताप्लेजुङको प्रदेशसभा निर्वाचन

शैक्षिक उन्नतिका लागि मयाम माध्यमिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १४ गते । पूर्व विद्यार्थी तथा समाजसेवी व्यक्तिहरूले

फुङ्लिङ नगरपालिकाद्धारा राष्ट्रिय खेलकुदको तयारीका लागि टेबल टेनिस बोर्ड हस्तान्तरण

ताप्लेजुङ, असोज १४ गते । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङलाई