बौद्ध भिक्षुमाथि राज्यबाट भौतिक आक्रमण भएको भन्दै नेपाल शेर्पा संघ ताप्लेजुङको  ध्यानाकर्षण



ताप्लेजुङ । नेपाल शेर्पा संघ जिल्ला कार्य समिति ताप्लेजुङले बौद्ध भिक्षुमाथि राज्यबाट अपमान र भौतिक आक्रमण भएको भन्दै ध्यानाकर्षण गराएको छ ।  आज एक विज्ञप्ति जारी गर्दै शेर्पा संघ जिल्ला कार्य समिति ताप्लेजुङ र मातहतका भातृ संस्थाहरूले गत शनिबार भद्रकाली मन्दिर परिसरमा बौद्ध भिक्षुमाथि नेपाल प्रहरीले गरेको दुर्व्यवहार प्रति ध्यानाकर्षण गराएको हो । 

विज्ञप्तिमा भगवान बुद्धको विनय अनुसार चिवर धारण गरी बौद्ध शिक्षा अध्ययन अध्यापन गर्ने बौद्ध भिक्षुलाई बौद्ध समुदायले बुद्ध सरह नै आस्था श्रद्धा र विश्वास गर्ने गरिएको उल्लेख गर्दै उनीहरु मथि नेपाल प्रहरीबाट अपमानजनक रुपमा कुटपिट भएकोले यस प्रति संस्थाहरूले खेद प्रकट गरिएको जनाइएको छ । 

राज्यका जिम्मेवार निकायका जनताको सुरक्षा गर्ने सुरक्षाकर्मीले नै सार्वजनिक स्थलमा भिक्षुहरू माथि गरिएको दुर्व्यववहार प्रति विश्वभरका बौद्ध मार्गीहरुले सो घटना र सरकारी रवैया प्रति दुख प्रकट गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 

साथै धार्मिक सहिष्णुता सामाजिक सद्भाव खलबलाउने कार्यमा नलाग्न तथा यस्ता गतिविधि निरुत्साहित गर्न विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।

प्रकाशित मिति : 12:57 pm

प्रथम शहिद कप माघ १६ गतेदेखी हुने

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रथम सहिद कप हुने भएको

वरकदेन गोल्ड कपको उपाधि हाङपाङलाई 

ताप्लेजुङ, माघ ८ गते । तेस्रो वरकदेन गोल्ड कपको उपाधि

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको