सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि मैवाखोलाको नयाँ अभ्यास



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि नयाँ अभ्यास सुरु गरेको छ । पालिकाले यस वर्षको कक्षा ८ को परीक्षालाई केन्द्रीकृत रुपमा सञ्चालन गर्दै नयाँ अभ्यास सुरु गरेको हो । 

गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार केन्द्रीकृत परीक्षामा पालिका भरका ८ वटा विद्यालयहरूबाट १७८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । जसमा ५ जना विद्यार्थी मात्र उत्रिर्ण भएका छन् भने, २५ जना विद्यार्थीले ग्रेड वृद्धिको परीक्षा लेख्न पाउने भएका छन् ।

वनेमका अनुसार, वडा नं. ३ नारायणी मा.बि.बाट एक जना, वडा नं. २ मैवाखोला मा.बि.बाट २ जना, वडा नं. १ को जनकल्याण मा.बि.बाट एक जना र वडा नं. ५ को पाथिभरा मा.बि.बाट एक जना उत्रिर्ण भएका हुन् ।

यस्तै कुनै पनि विद्यार्थी उत्रिर्ण नभएका विद्यालयहरू वडा नं. १ को स्वारस्वारती आधारभूत विद्यालय, वडा २ को ठोट्ने सिंहराज मनरानी आधारभूत विद्यालय, वडा नं. ४ को गंगा आधारभूत विद्यालय र वडा नं. ६ को महेन्द्र माध्यमिक विद्यालय रहेका छन् । 

परीक्षा गत चैत्र ७ गते देखि १५ गते सम्म सबै विद्यालयको नारायणी माबिलाई केन्द्र निर्धारण गरि सञ्चालन गरिएको थियो । परीक्षामा सोधिने प्रश्न पत्रहरू पालिका बाहिरका शिक्षकहरुबाट तयार गरिएको थियो भने उक्त पुस्तिका पनि पालिका भन्दा बाहिरका शिक्षक मार्फत परिक्षण गराइएको शिक्षा शाखा प्रमुख अर्जुन कुमार घिमिरे जानकारी दिनुभएको छ । 

ग्रेड वृद्धि परीक्षा आगामी बैशाख १० गते हुँदै छ । उक्त ग्रेड वृद्धि परीक्षामा दुईवटा विद्यालयले भने सामेल हुन नपाउने शिक्षा शाखा प्रमुख घिमिरेको भनाई छ । उप्रान्त १४८ जना विद्यार्थीहरूले पुन कक्षा ८ मै भर्ना भएर कक्षा दोहोर्याउनु पर्ने भएको छ । 

आगामी दिनमा कमजोरीबाट सुधार गर्दै सामुदायिक विद्यालयको शैशिक गुणस्तर वृद्धि गर्नका लागि पालिकाले नयाँ कार्यको थालनी गरेको गाउँपालिका अध्यक्ष वनेमले बताउनुभयो । 

प्रकाशित मिति : 7:24 am

ताप्लेजुङ गोल्डकप : चित्लाङ र पाँचथरबीच प्रतिस्पर्धा हुँदै

ताप्लेजुङ, भदौ १३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उद्घाटन खेलमा आयोजक र भारतबीच प्रतिष्पर्धा हुने

ताप्लेजुङ, भदौ १२ गते । शुक्रबारबाट सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण

भोटेकोशी नदीमा ताप्लेजुङका पाँच जना बेपत्ता 

ताप्लेजुङ, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान

ताप्लेजुङ गोल्डकपको तयारी पुरा

ताप्लेजुङ, भदौ ११ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

पाथिभरा बहुमुखी क्याम्पसका नौ जना विद्यार्थीलाई छात्रवृति

ताप्लेजुङ, भदौ ११ गते । ताप्लेजुङस्थित पाथिभरा बहुमुखी क्याम्पसले विभिन्न