नियमिततर्फको एसईई सकियो, विद्यार्थीलाई मन्त्रालयले (करियर काउन्सिलिङ) गर्ने




काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमिततर्फको परीक्षा सकिएको छ । चैत १५ गतेदेखि सञ्चालन भएको परीक्षाको नियमितमा साधारणतर्फको परीक्षा सकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार प्राविधिकतर्फको परीक्षा र नयाँ पाठ्यक्रमबाट हटाएको तर पुरानो पाठ्यक्रममा रहेको एक विषयको स्तरवृद्धि परीक्षा भने अझै बाँकी छ ।

२७ गतेदेखि एसइईका सबै परीक्षा सकिन्छ । अहिलेसम्मको परीक्षा देशभर शान्तिपूर्ण रुपमा भएको पनि बोर्डले जनाएको छ । बोर्डका अनुसार देशभरबाट करिब सय जना विद्यार्थी, छ जना केन्द्राध्यक्ष र १६ जना निरीक्षकलाई कारबाही गरी निष्काशन गरिएको छ ।

यसैबीच एसईई दिएर बसेका विद्यार्थीलाई शिक्षा मन्त्रालयले ‘करियर काउन्सिलिङ’ गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा ‘करियर काउन्सिलिङ कोचिङ’ दिने तयारी भएको बताउनुभएको हो ।

हिजो मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले कक्षा ११ र १२ मा कस्तो विषय पढ्ने भन्नेबारे विद्यार्थीलाई परामर्श दिन करिअर काउन्सिलिङ कार्यक्रम गर्ने बताउनुभएको हो । यस्तो कार्यक्रम कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई पनि सञ्चालन गरिने उहाँको भनाइ छ ।

प्रकाशित मिति : 5:51 am

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई