फालेलुङमा ७औँँ चौँरी महोत्सव हुँदै, ६ सय बढी चौँरी र याकको प्रदर्शन हुने



पाँचथर । पाँचथरको फालेलुङ ४ चाररातेमा ७ औँँ अन्तराष्ट्रिय चौँरी महोत्सव आयोजना हुने भएको छ । फालेलुङ गाउँपालिकाको अगुवाइमा सातौं संस्करणको चौँरी महोत्सव आयोजना हुन लागेको हो ।

फालेलुङमा २०७४ सालदेखि प्रत्येक वर्षको वैशाख १ गते चौँरी महोत्सव आयोजना हुँदै आएको छ । चैत ३० देखि वैशाख २ गतेसम्म महोत्सव आयोजना गरिने शुक्रबार फिदिममा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

यो वर्ष आयोजना हुन लागेको महोत्सवलाई ‘सातौं फालेलुङ चौँरी पर्यटन महोत्सव’ भनिएको छ । फालेलुलुङ गाउँ पालिकाको प्रवर्द्धनमा चौरी पर्यटन महोत्सवको आयोजना फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्था र दीप ज्योती युवा क्लब सहितका सङ्घ संस्थाले आयोजना गर्न लागेका हुन् ।

हिमालको पर्यायका रूपमा स्थापित चौरी गाई र तिनका प्रजातिको संरक्षणसँगै चौरीजन्य उत्पादनहरूको प्रवर्धन र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले बताउनुभयो ।

महोत्सवमा छ सयभन्दा धेरै चौँरी र याकको प्रदर्शनी गरिनेछ । योसँगै याक राइडिङ, हर्स राइडिङ जस्ता गतिविधि साथै याक चौरीमा आधारित विभिन्न्न खेल तथा सांस्कृतिक कार्यक्रम एवम् साहसिक फुटबल प्रतियोगिता महोत्सवमा राखिएको दीपज्योति युवा क्लबका कार्यकारी अधिकृत सुनिल बान्तावाले बताउनुभयो ।

प्रकाशित मिति : 12:47 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई