इलाम पुगेर राप्रपा अध्यक्ष लिङ्देनले भने : प्रदेशसभा खारेज गर्नुपर्छ



देशलाई पुनःसंरचना गरेर ल्याइएको व्यवस्थाले देशलाई आर्थिक नोक्सान भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सभा खारेज गर्नु उत्तम हुने बताउनुभएको छ ।

अहिले हरेक नेपालीको टाउकोमा ऋणको भारी भएको भन्दै जनताले तिरेको करले वडा सदस्यदेखि पूर्व राष्ट्रपति, पूर्व उप(राष्ट्रपतिसम्मलाई खाने मेलो भएको उहाँको भनाइ थियो।

इलाम सदरमुकाममा आयोजित चुनावी घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रदेश सभाको भने कुनै काम नै नभएकाले केन्द्रीय सरकार, सरकार मातहतका आयोग बलियो बनाउनुपर्ने बताउनुभयो । संवैधानिक निकाय राजनीतिक दलको भर्ती केन्द्र नबनाई स्वस्थ प्रतिस्पर्धाबाट प्रमुख ल्याउँदा ती निकाय पनि बलियो र काम गर्नसक्ने क्षमताको हुने लिङ्देनको भनाइ थियो ।

नेपालमा बनिने सरकार भारत र चीनको इच्छा अनुसार चल्नुपर्ने बाध्यताले गर्दा देशमा कुनै पनि सरकार र सरकारले गरेका काम दिगो नभएको भन्दै अध्यक्ष लिङ्देनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने आफूहरुको धारणा रहेको बताउनुभयो ।

इलाम(२ मा वैशाख १५ मा हुन लागेको उप(निर्वाचनका सन्दर्भमा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले जित्नै पर्छ भन्ने नभएपछि अन्य ठूला दलहरुलाई भोट नहालेर ती दलहरुलाई सुध्रिन जनताले चेतावनी दिनुपर्ने बताउनुभयो ।

अर्को एक प्रसङ्गमा अध्यक्ष लिङ्देनले देश चलाउने व्यवस्था नै कामजोर भएको भन्दै तस्करीमा संलग्न भएका ठूला नेतालाई कमजोर व्यवस्थाकै कारण छोड्नु पर्ने बाध्यता रहेको बताउनुभयो । राप्रपा नेपालले इलाम (२ को उप(निर्वाचनमा लक्ष्मी गुरुङको उम्मेद्वारी घोषणा गरेको छ ।

प्रकाशित मिति : 12:48 am

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र