ताप्लेजुङ टेलिफोन डायरी विमोचन



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको स्थानीय जनप्रतिनीधि, उद्यमी व्यवसायी तथा सरोकारवाला संघ संस्था तथा अति आवश्यकीय निकायहरुको सम्पर्क नम्बर रहेको ताप्लेजुङ उद्योग तथा व्यवसायी टेलिफोन डायरी बिहिबार विमोचन भएको छ । जिल्ला समन्वय समिती प्रमुख छिरिङ लामाको प्रमुख आतिथ्यतामा उक्त टेलिफोन डायरीको विमोचन गरिएको हो ।

ताप्लेजुङ जिल्लामा रहेको करिब चार हजार उद्यमी व्यवसायीहरुको सम्पर्क नम्बर सहित अन्य विवरण रहेको डायरी प्रकाशन संयोजक हर्कराज गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा बोल्नु हुँदै नगर प्रमुख अमिर मादेनले डायरी प्रकाशनले ताप्लेजुङमा आउने पर्यटक,तिर्थयात्री, तथा उद्यमी व्यवसायीहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त डायरीमा सबै सरोकारवाला निकाय तथा व्यक्तिहरुको सम्पर्क नम्बर प्रकाशन भएको कुनै छुट हुन गएको भए यसमा थप परिमार्जन सहित आगामी प्रकाशनमा समावेश गरिदैँ लगिने कुरा नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा ताप्लेजुङ र घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको सहकार्यमा डायरी प्रकाशन गरिएको हो ।

प्रकाशित मिति : 11:51 am

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई