ताप्लेजुङ टेलिफोन डायरी विमोचन



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको स्थानीय जनप्रतिनीधि, उद्यमी व्यवसायी तथा सरोकारवाला संघ संस्था तथा अति आवश्यकीय निकायहरुको सम्पर्क नम्बर रहेको ताप्लेजुङ उद्योग तथा व्यवसायी टेलिफोन डायरी बिहिबार विमोचन भएको छ । जिल्ला समन्वय समिती प्रमुख छिरिङ लामाको प्रमुख आतिथ्यतामा उक्त टेलिफोन डायरीको विमोचन गरिएको हो ।

ताप्लेजुङ जिल्लामा रहेको करिब चार हजार उद्यमी व्यवसायीहरुको सम्पर्क नम्बर सहित अन्य विवरण रहेको डायरी प्रकाशन संयोजक हर्कराज गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा बोल्नु हुँदै नगर प्रमुख अमिर मादेनले डायरी प्रकाशनले ताप्लेजुङमा आउने पर्यटक,तिर्थयात्री, तथा उद्यमी व्यवसायीहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त डायरीमा सबै सरोकारवाला निकाय तथा व्यक्तिहरुको सम्पर्क नम्बर प्रकाशन भएको कुनै छुट हुन गएको भए यसमा थप परिमार्जन सहित आगामी प्रकाशनमा समावेश गरिदैँ लगिने कुरा नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा ताप्लेजुङ र घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको सहकार्यमा डायरी प्रकाशन गरिएको हो ।

प्रकाशित मिति : 11:51 am

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई

फुङलिङका १४ माछा तथा मासु पसलमा अनुगमन

ताप्लेजुङ, असोज २७ गते । उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय

घरेलुले ताप्लेजुङमा ग्राफिक डिजाइन सम्बन्धी सीप विकास तालिम सञ्चालन गर्ने

ताप्लेजुङ, असोज २७ गते । घरेलु तथा साना उद्योग कार्यालय