ताप्लेजुङमा आजबाट दुई दिने निशुल्क आँखा शिविर सञ्चालन हुँदै



ताप्लेजुङ । ताप्लेजुङको डिचेन डोङ्गाला स्मारका आँखा उपचार केन्द्रमा आजबाट दुईदिने निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको आयोजनामा मेची आँखा अस्पताल बिर्तामोड झापा र मातृका आई केयर काठमाडौंको प्राविधिक सहयोगमा चैत्र २० (आज) र २१ गते भोली २ दिन निशुल्क आँखा शिविर सञ्चालन हुने भएको हो ।

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङका अनुसार आँखाको लेजर सर्जरी गर्ने नेपालका कम मध्ये एक अब्बल विशेषज्ञ रिफ्रेक्टिभ सर्जन डा किशोरराज प्रधानको प्रत्यक्ष संलग्नता शिविर सञ्चालन हुने छ ।

शिविरमा मोति विन्दुको शल्यक्रिया गरिनुका साथै आँखाका बिरामी भएको सम्पूर्णको जाँच तथा उपचार गरिने इन्चार्ज गुरुङले बताउनुभयो । शिविरमा नाम दर्ता बापत ६० रुपैयाँ लाग्ने छ ।

यस्तै आँखा परीक्षणको क्रममा ४० वर्ष भन्दा माथि उमेर समुहको सेवाग्राहीलाई पढ्ने चश्मा र औषधी निशुल्क वितरण गरिने छ भने, शल्यक्रिया गरेका बिरामीले खाने बस्ने व्यवस्था आफै गर्नु पर्ने पनि इन्चार्ज गुरुङले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : 3:51 am

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा