ताप्लेजुङमा कृषि उपकरण सम्बन्धी एक दिने तालिम सम्पन्न



ताप्लेजुङ । ताप्लेजुङमा कृषि उपकरण सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । पाथीभरा कृषि तथा पशु सामग्री सप्लायर्सको आयोजनामा आज ताप्लेजुङको कृषि ज्ञान केन्द्रमा उक्त तालिम सम्पन्न भएको हो । 

तालीम कृषि ज्ञान केन्द्रको समन्वयमा गरिएको पाथीभरा कृषि तथा पशु सामग्री सप्लायर्सका प्रोपाइटर झलेन्द्र गौतमले जानकारी दिनु भयो । ताप्लेजुङ जिल्लाका किसानहरूलाई हाते ट्याक्टर सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक दुवै विधामा तालिम प्रदान गरिएको हो । 

कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष थापाको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त तालिममा उपस्थित किसानहरूलाई रविन भट्टराई र झरेन्द्र गौतमले कृषकहरूलाई कृषि उपकरण कसरी प्रयोग गर्न भन्ने बारे प्रशिक्षण दिएका थिए । 

कृषि उपकरण सम्बन्धी हाते ट्याक्टर आफूले पनि प्रयोग गरिरहेको यस तालिमले प्रयोगमा अझ सहयोग मिल्ने आठराई त्रिवेणी फुलबारी निवासी शेर्पा अग्र्यानीक पशुपालन फर्मका सञ्चालक पेम्बा शेर्पाले बताउनुभयो । साथै कृषि उपकरणका कारण कृषकलाई धेरै सहुलियत मिलेको पनि बताउनु भयो ।

त्यस्तै कृषि उपकरण भएर मात्र नहुने त्यसको प्रयोग सम्बन्धी पनि जानकार हुन अति आवश्यक भएको कारण यो तालिमले धेरै सहयोग मिलेको मेरिङदेन गाउँपालिका सान्थाक्रा निवासी रिहाङ पशुपन्छी पालन तथा कृषि फर्मका सञ्चालक रमेश नाल्बो बताउँनुहुन्छ । 

प्रकाशित मिति : 2:03 pm

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई

फुङलिङका १४ माछा तथा मासु पसलमा अनुगमन

ताप्लेजुङ, असोज २७ गते । उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय

घरेलुले ताप्लेजुङमा ग्राफिक डिजाइन सम्बन्धी सीप विकास तालिम सञ्चालन गर्ने

ताप्लेजुङ, असोज २७ गते । घरेलु तथा साना उद्योग कार्यालय

ताप्लेजुङमा एकैदिन ७८ क्विन्टल बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज २७ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी