ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको रमितेमा एक घर जलेर नष्ट, एघार लाख ६० हजार क्षति



ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ रमितेमा एक घर जलेर नष्ट भएको छ । आज बिहान १० बजेको समयमा हर्क बहादुर थापाको ढुङ्गा माटो र काठले बनेको फुसको छानो भएको २ तले घर जलेर नष्ट भएको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुङ्गेलिका अनुसार घरमा खाना पकाउने चुलोबाट आगलागी भएको हो । आगलागीको खबर आउनसाथ अस्थाई प्रहरी चौकी  फूलबारीबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा टोली खटिएको उहाँले जानकारी दिनुभयो । 

आगो स्थानीय बासी र प्रहरीको सहयोगमा दिनको १२ः०० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको उहाँको भनाई छ । उक्त आगलागीबाट घरसँगै घर भित्र रहेको लत्ता कपडा, भाडा बर्तन, अन्नपात, नगद रकम ३० हजार सहित २ तोला सुन पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट मानवीय तथा चौपाया भने क्षति नभएको बताइएको छ । 

प्रहरीका अनुसार आगलागीबाट जम्मा एघार लाख ६० हजार बराबरको क्षति भएको छ ।  

प्रकाशित मिति : 12:09 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो