ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको रमितेमा एक घर जलेर नष्ट, एघार लाख ६० हजार क्षति



ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ रमितेमा एक घर जलेर नष्ट भएको छ । आज बिहान १० बजेको समयमा हर्क बहादुर थापाको ढुङ्गा माटो र काठले बनेको फुसको छानो भएको २ तले घर जलेर नष्ट भएको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुङ्गेलिका अनुसार घरमा खाना पकाउने चुलोबाट आगलागी भएको हो । आगलागीको खबर आउनसाथ अस्थाई प्रहरी चौकी  फूलबारीबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा टोली खटिएको उहाँले जानकारी दिनुभयो । 

आगो स्थानीय बासी र प्रहरीको सहयोगमा दिनको १२ः०० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको उहाँको भनाई छ । उक्त आगलागीबाट घरसँगै घर भित्र रहेको लत्ता कपडा, भाडा बर्तन, अन्नपात, नगद रकम ३० हजार सहित २ तोला सुन पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट मानवीय तथा चौपाया भने क्षति नभएको बताइएको छ । 

प्रहरीका अनुसार आगलागीबाट जम्मा एघार लाख ६० हजार बराबरको क्षति भएको छ ।  

प्रकाशित मिति : 12:09 pm

दिनेश खातीको नेतृत्वमा दलित मोर्चा गठन

ताप्लेजुङ, असोज २६ गते । ताप्लेजुङमा नेपाल दलित मोर्चाको जिल्ला

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले